तनहुँको भिमादमा जीप दुर्घटना, ११ जना घाइते

भञ्ज्याङन्यूज

तनहुँको भिमाद नगरपालिका-३ आमडाँडा-सेर्का (बरालथुम्किमा)  फोर्स जीप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन ।

पोखराबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको ग१ज ६३५६ नम्बरको फोर्स जिप आज बिहान १० बजे उक्त स्थानमा दुर्घटना भएको हो ।

ऋङ्गपथ मोटरमार्गबाट करिव १७० मिटर तल खसेको उक्त जिपमा चालक सहित १२ जना सवार थिए । उनिहरु मध्य ६ जना गम्भीर घाइते भएका छन भने चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका  प्रमुख प्रहरी नायब निरिक्षक उदय राज पैडेलले जानकारी दिए ।

गम्भीर घाइतेहरु मध्य ३ जनालाई थप उपचारका लागि  पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र ८ जनालाई जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचैतारामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुलाइ भिमाद प्रहरी र स्थानीय युवाहरुको सहयोगमा उद्दार गरी भिमाद नगरपालिका र घिरिङ गाउँंपालिकाको  एम्बुलेन्समा हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker