एमालेले जनताका मुद्दा सम्बोधन गर्छ : उपमहासचिव ज्ञवाली

भञ्ज्याङन्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् । एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधै जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताए ।

उपमहासचिव ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाइएको उल्लेख गरे । उनले भने, ‘विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो, तर त्यो सम्भव थिएन र भएन ।’

एमाले जनताको प्रिय पार्टी भएकाले सिध्याउन सम्भव नभएको भन्दै उनले वर्तमान राजनीतिक कोर्षलाई सही दिशामा ल्याउन एमालेको भूमिका रहेको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ । देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ ।’

घेराबन्दीको बाबजुद पनि एमाले देशको प्रमुख शक्ति भएको हुँदा एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनको भनाइ थियो । भ्रष्टाचारविरुद्धको लडाइँमा कुनै पक्षपात नगरिने हुँदा अब देश निर्माणमा सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा ज्ञवालीले जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker