एमाले विभाजन गलत रहेछ, विद्रोह पुष्टि भएनः झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् ।

‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले सर्त राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले फर्कन चार सर्त राखेका छन् ।

मार्कसवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२/०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सर्तमा एमाले फर्कने उनले बताएका हुन् । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker