एमाले तनहुँको चुनावी अभियान तीव्र

भञ्ज्याङ समाचारदाता/दमौली

निर्वाचन नजिकिएसँगै नेकपा (एमाले) ले तनहुँका दुइ बटै निर्वाचन क्षेत्रमा घरदैलो अभियान शुरु गरेको छ । निर्वाचन आयोगको कार्यतालिकासँगै नेकपा (एमाले)ले जनतासँगको घरदैलो कार्यक्रम तिव्रतासँग अगाडी वढाएको हो ।

नेकपा (एमाले) तनहुँ-२ का उम्मेदवार किरण गुरुङ र तनहुँ-२(२) का उम्मेदवार केदार सिग्देलले ऋषिङ गाँउपालिका वडा नं १ को झापुटारबाट घरदैलो अभियान शुरु गरेका छन् । सम्वन्धित वडा कमिटीको अगुवाईमा शुरु गरिएको घरदैलो अभियानमा उम्मेदवारद्धयले आ-आफनो चुनावी घोषणापत्र र विकास निर्माणको अभियानका बारेमा जनतालाई आस्वास्त तुल्याएका थिए ।

नेकपा एमाले नै देशको परिवर्तनका मुख्य शक्ति भएको हुदाँ सुर्य चिन्हमा मतदान गरी विकास निर्माणमा अगुवाई गर्न तनहुँ-२ उम्मेदवार गुरुङ र तनहुँ-२(२) का उम्मेदवार सिग्देलले जनतामाझ आग्रह गरेका थिए ।

अभियानमा नेकपा (एमाले) जिल्ला कमिटीका नेता, पालिकास्तरका नेता, वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यसैगरी ऋषिङ १ को डाँडाखुदी, ग्रैहृाखुदी र सेटाङ्गमा समेत जनतासँग घरदैलो अभियान रहेको निर्वाचन क्षेत्रिय कमिटीले जनाएको छ ।

एमालेका उम्मेदवारहरुले यतिबेला चुनाव लक्षित घरदैलो कार्यक्रममै व्यस्त रहेको एमालेका जिल्ला सचिव राजेश्वर ढकालले बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ का मतदातामाझ विभिन्न एजेण्डा र नारा लिएर मत माग्नका लागि घरदैलो गरिरहेका छन् ।

‘मंसिर ४ नेकपा एमालेको सरकार’, ‘संमृद्ध नेपाल सुखी नेपालीका लागि एमालेकै नीति एमालेकै नेतृत्व’, ‘संमृद्ध तनहुँको लागि एमालेको उम्मेदवार बिजयी गराउ अभियान’ लगायतका नारा सहित घरदैलो गरिरहेको उनले बताए ।

‘हाम्रा उम्मेदवारहरु नारा सहित मत माग्न मात्र हिडेका छैनौ । मतदाताको गुनासो र आवश्यकताका कुरा पनि सुन्दै हिडेका छौं’, उनले भने, ‘मतदाताहरुले अबको तनहुँ कस्तो चाहान्छन् भन्ने बुझेर नै हामी अगाडि बढिरहेका छौं ।’

यस्तै, निर्वाचन क्षेत्र नम्बर २(१) का उम्मेदवार श्यामराजा महत, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एकबहादुर राना, १(१) का उम्मेदवार रामबहादुर गुरुङ र १(२) का पुर्णबहादुर गुरुङ पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेट्दै घरदैलो गरिरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker