मौलिक लोककला र संस्कृतिको संरक्षण गर्न बहुजातीय लोकसाँस्कृतिक महोत्सव

विभिन्न समुदायको परम्परागत मौलिक लोकला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानका साथ तनहुँको दमौलीमा प्रथम व्यासनगर स्तरीय बहुजातीय लोकसाँस्कृतिक महोत्सव सञ्चालन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँले व्यास नगरपालिकाको आर्थिक सहयोगमा दुइ दिने उक्त महोत्सव आयोजना गरेको हो ।

भाषा, संस्कृति, परम्परागत रितिरिवाजले हरेक समुदायको पहिचान झल्काउने भएपनि पछिल्लो समय आयतित संस्कृतिका कारण नेपाली समुदायका परम्परागत संस्कृति लोपहुने खतरामा पुगेकाले यसको संरक्षण, प्रवर्द्धनका साथै नयाँपुस्तालाई जानकारी गाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ ।

७०औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर व्यास नगरपालिकाको समन्वय तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको सहयोगमा सञ्चालन महोत्सव आज विहीबारसम्म सञ्चालन हुने छ ।

कुसुन्डा समुदायकी बालिकाले महोत्सवको शुभारम्भ गरिन    

उद्घाटनका अवसरमा बुधबार जातीय पहिचान झल्कने भेषभूषा सहित साँस्कृतिक झाँकी प्रदर्शन पश्चात दमौलीको खुल्लाचौरमा आयोजित लोकसाँस्कृतिक महोत्सव लोपोन्मुख कुसुन्डा समुदायकी ११ वर्षीया बालिका सिमान्ता कुसुन्डाले दीप प्रज्ज्वलन गरी शुभारम्भ गरेकी थिइन् ।

व्यास नगरपालिका-१० डिहीगाउँ निवासी सिमान्त लोपोन्मुख र तनहुँकै एकमात्र कुसुण्ड जातिका स्व राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डाका एक्ली सुपुत्री हुन । कुसुन्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो । सिमान्त कुसुन्डा सोही वडाको शतिश बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत छन् ।

नगरपालिका क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायको परम्परागत भाषा, संस्कृति संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा १५ वटा समुदायले आ-आफ्नो जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न १५ समुदायले करिव २६ वटा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जातीय समन्वय समितिका संयोजक नन्दु थापामगरले बताए। महोत्सवमा ब्राम्हण, नेवार, मगर, गुरुङ, कुमाल, दरै, बोटे, चेपाङ, दुरा, गन्धर्व, भुजेल, परियार, रानाभाट, तामाङ, क्षेत्री, दशनामी लगायतका समुदायले आ-आफ्नो मौलिक पहिचान झल्कने परम्परागत साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।

एउटै थलोमा कौरा, चुड्का, रोइला, घाँटु, तरबार नाच, पाउदुरे, सेलो, सोराठी, लाखे नाच, कुमारी नाच, झ्याउरे नाच, भजन, बालन लगायतका साँस्कृति कार्यक्रम प्रस्तुत गरिने भएको छ । तनहुँ जिल्ला विभिन्न समुदायको वसोवास रहेको र यी समुदायको आ-आफ्नो पहिचान झल्कने भाषा, संस्कृति भेषभूषा समेत भएको हुँदा यसको संरक्षण, प्रवर्द्धनका साथै नयाँपुस्तालाई जानकारी गाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँकी अध्यक्ष सीतामाया गुरुङले बताइन् ।

यस्तै, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपालने व्यास नगरपालिका भित्र बसोबास गर्ने विभिन्न समुदायका लोपोन्मुख मौलिक कला संस्कृतिको प्रवर्द्धन गर्न यो कार्यक्रम उपलब्धी मुलक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नगरपालिकाले वाषिर्क नीति कार्यक्रम नै निर्माण गरी केही बजेट समेत व्यवस्थापन गरी नगर क्षेत्रमा बसोवास गर्ने समुदायको भाषा, संस्कृति संरक्षण, प्रवर्द्धन गर्ने योजना बनाएका छौं । यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने हाम्रो विश्वास छ ।’

यस्तै, विभिन्न जातजातिहरु बिचको लोक संस्कृति पहिचान गराउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको प्रतिष्ठान जिल्ला कार्यसमितिका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्वले बताए । उनले भने, ‘सबै जातजातिले एकअर्काका संस्कृति चिन्ने मौका पाउने भए । यसले जातीय एकता कायम गराउनुका साथै पर्यटन विकासमा समेत मद्दत पुर्‍याउने छ।’

नगरक्षेत्रभित्र २५ विभिन्न जातजातिको बसोबास रहेका र महोत्सवमा ब्राहृमण, क्षेत्री, नेवार, ठकुरी, दशनामी, मगर, गुरुङ, दरै, कुमाल, चेपाङ, दुरा, बोटे, गन्धर्व र भुजेल जातिका मौलिक संस्कृति प्रस्तुत गरिने महोत्सवका प्रवक्ता एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँका संरक्षक मेघनाथ रिमालले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker