याम सागरको ‘वन चरी’ सार्वजनिक
भञ्ज्याङ न्यूज

मौलिक लोक लयमा सिर्जना गरिएको ‘वन चरीलाई काफलु दाना ……..’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक तथा दोहोरी गायक याम सागर विकले उक्त गीत बजारमा ल्याएका हुन् ।
गायक विक आफैले सिर्जना गरेको गीतमा उनीसँगै पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज रहेको छ ।
मौलिक शब्दहरुलाई समेटेर तयार पारिएको गीतको संगित पक्षले स्रोताको मन जित्न सफल भएको गायक विकले बताएका छन् ।
सर्जक विकले कोरोना महामारी कम भएसँगै हुने मेला महोत्सवमा गाउन थालेपछि गीतले थप चर्चा पाउने विश्वास लिएका छन् । नृत्य गर्न मिल्ने गरी सिर्जना गरिएको गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ ।
तनहुँका विभिन्न रमणीय स्थानमा छायाङ्क गरिएको म्युजिक भिडियोमा करिश्मा ढकाल, सरद एलजी, प्रतिक सिं र सिवानी परियारको अभियन रहेको छ । लामो अन्तराल पछि गीत सार्वजनिक गरेका गायक विकले ‘वन चरी’ मार्फ धेरै अपेक्षा गरेको बताउँछन् ।










