‘राजागन्ज’ मा निकिता र दयाहाङ

दीपक रौनियारको निर्देशनमा बन्ने नयाँ फिल्म ‘राजागन्ज’ मा पूर्वमिस नेपाल निकिता चण्डकले अभिनय गर्ने भएकी छन् । फिल्ममा उनलाई दयाहाङ राईले साथ दिने भएका छन् । थ्रिलर जनरामा बन्ने फिल्ममा ‘कबड्डी’ फिल्मका निर्देशक रामबाबु गुरुङले लगानी गर्ने जनाइएको छ ।

निकिता र दयाहाङसँगै फिल्ममा आशा मगराती, ऋचा शर्मा, विजय बराल, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायत कलाकारले अभिनय रहनेछ ।

आदि फिल्म्स र बासुरी फिल्म्स प्रोडक्सनको संयुक्त प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन साउन १२ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ । दयाहाङ र आशाजस्ता जमेका कलाकारसँग काम गर्न पाउँदा आफू निकै उत्साहित बनेको निकिताको भनाइ छ । उनले विराज भट्टको ‘साङ्लो’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker