विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : गुरुङ

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङले विकास र समृद्धिको नेतृत्व एमालेले गर्ने बताएका छन् । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले बुधवार ऋषिङ र घिरिङ गाउँपालिकाको विभिन्न स्थानमा भएका मतदाता भेटघाट एवं कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘कतिपय काम भन्दा बढि गफ गर्न रुचाउँछन,’ उनले भने, ‘म कम बोल्छु तर काम बढि गर्न मन पराउँछु ।’ उनले यस क्षेत्रको विकास क्रमशः भइरहेको बताउदै आगामी ५ वर्षमा गर्न सकिने काम योजनाबद्ध रुपमा लिएर आएको प्रष्ट पारे । ‘जसले बढि आवश्वासन दिन्छ । उसले काम गर्दैन,’ उनले अगाडी भने, ‘जनताहरु झुटा आवश्वासन प्रति सचेत हुनु जरुरी छ ।’

उनले स्थिर सरकार निर्माणका लागि मंसिर ४ को निर्वाचन नेकपा एमालेले जित्नुपर्ने बताए । गठबन्धन सरकार यहाँले विगतको डेढ वर्षलाई हेरे पुग्छ, उनले थपे, उनीहरुसँग कुनै योजनानै छैन । केबल सरकारमा रहने मात्र हो ।

नले स्थिर सरकार भएमा विकास निर्माणले फट्को मार्ने उल्लेख गरे । तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले संघ र प्रदेश सरकारमार्फत ५ वर्षको समयमा भएका महत्वपूर्ण विकास निर्माण कार्यहरु विभिन्न माध्यमबाट जनताकोबीचमा लगेको बताउदै अध्ययन गर्न आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker