गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ कराेड (पूर्णपाठ सहित)

पाेखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।

गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जाेड दिए पनि पूर्वाधारमै ठूलाे बजेट छुट्याएकाे छ । व्यावसायिक कृषि र यसकाे रूपान्तरण गर्दै उत्पादन र राेजगारमा जाेड दिएका छन् । कृषि कर्जामा जाेड दिँदै गाँजा खेतीकाे कानुनी बाटाे खाेल्ने गुरूङले बताए ।

१२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्रमा बिनियाेजन भएकाे छ ।

गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ कराेड रूपैयाँ छुट्याएकाे गुरूङले बताए । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन गरेकाे सुनाए ।

पाेखरालाई पर्यटकीय राजधानीकाे रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, हाेमस्टेकाे विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।

आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।

आगामी वर्ष उज्यालाे प्रदेश घाेषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ छुट्याइएकाे छ । ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे अर्थमन्त्री गुरूङले सुनाए ।

हेर्नुहोस् बजेटो पूर्णपाठ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker