सम्पादक रसाइलीलाई चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार

भञ्ज्याङ न्युज डटकमका सम्पादक सम्झना रसाइलीलाई चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँमा स्थापित उक्त पुरस्कार रसाइलीलाई प्रदान गरिने भएको हो । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा बुबा चिरञ्जिवी र आमा हरिमाया वाग्लेको स्मृतिमा महासंघमा उक्त पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।

महासंघको मंगलबार बसेको बैठकले रसाइली सहित शाखाका ७ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कारका लागि छनोट गरेको छ । महासंघ मातहतका विभिन्न शीर्षकका पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्न छनौट गरिएको शाखाले जनाएको छ ।

मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेल, भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपाने र उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको सचिव प्रताप रानाले जानकारी दिए ।

शाखामा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार ५ हजार र अन्य सबै पुरस्कारको रकम १० हजार रुपैयाँ रहेको महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए ।

महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यही असार १८ गते नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४औं साधारणसभाको अवसरमा छनोट भएका पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker