नवयुवा क्लवद्वारा मृगौला पीडितलाई १६ लाख १५ हजार आर्थिक सहयोग हस्तान्तरण
भञ्ज्याङ न्यूज

मृगौला पीडीलाई क्लवले रकम संकलन गरी सहयोग गरेको छ । व्यास नगरपालिका वडा नं. १ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला पीडित आशमाया तामाङ्गको उपचारका लागि आर्थिक संकलन अभियान चलाएको थियो ।
अभियानका क्रममा संकलन गरिएको १६ लाख १५ हजार १५० रुपैयाँ क्लवका अध्यक्ष सनम तामाङ्गले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने मार्फ पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
क्लवले संकलन गरेको रकम मृगौला पीडित परिवारलाई हस्तान्तरण गर्दै नगरप्रमुख न्यौपानेले एउटा युवा क्लवले यति ठुलो रकम संकलन गरेर सहयोग गरेकोमा क्लवको प्रंशसा गर्दै सामाजिक कार्यमा युवाहरुको सहभागिता महत्वपूर्ण हुने चर्चा गरे ।
क्लवले टोल विकास संस्था, आमा समूह, महिला संजाल, विभिन्न संघ संस्था, विदेशमा रहनु भएका शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको क्लवका अध्यक्ष तामाङले जानकारी गराए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा व्यास-१ सदस्य, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, महिला संजाल तथा आमा समुहको अध्यक्षको उपस्थित रहेको क्लवकी सदस्य सुस्मिता चौधरीले जानकारी गराइन् ।










