अतृप्त चाहना र जम्काभेट्
आजपनी हाम्रो त्यो जम्काभेट अन्तरआत्मा भित्र त्यो अविस्मरणीय क्षणको याद न आउने कहाँ होर ? बिर्सिन चाहन्छु र पनि त्यो मेरो अतृप्त चाहना आज पनि उस्तै ताजा लाग्छ ।
- भुपाल गुरुङ
आजपनी हाम्रो त्यो जम्काभेट अन्तरआत्मा भित्र त्यो अविस्मरणीय क्षणको याद न आउने कहाँ होर ? बिर्सिन चाहन्छु र पनि त्यो मेरो अतृप्त चाहना आज पनि उस्तै ताजा लाग्छ ।
धेरै भुमिका बाध्न चाहृन्न ।
उसको र मेरो भेट भएको त थिएन् । कहिले काही अक्कलझुक्कल देख्ने गर्थे । कहिलेकाही उसको बोली पनि सुनेको थिए । तर उसको बोली र भाषा धेरै प्रयास गर्दा बुझन सकिँदैन थियो । तर म उसको बोली सुनेपछि मदहोस हुन्थे । टक्क अडिन्थे सुनिरहुँ झै लाग्ने तर उ मेरो आहटसंगै टाढा भागेर जाने । नजिकबाट देख्न सौभाग्य कहिल्यै जुरेन । मेरा नसालु नयनहरु हरदिन उसैको खोजिमा भैतारिन्थ्यो । सोच्थे एकदिन कसो भेट नहोला –
म कहिलेकाही उसको यादमा भावनामा बग्ने गर्थे सुन्दर हरियाली बगैंचा रुमानी साँझ, एकान्तमा हामी दुइजना मन यसरी नै बहकिन्थे …. । कल्पनाको सागरमा चुर्लुम्म डुब्ने गर्दथे । तर कहिलेपनी हामी आमने-सामने हुन सकेनौ। सायद उ नै चाहदैन्थ्यो कि मेरो अगाडि आउन तर मेरो मन चै एक तमासको भएको थियो । हरपल हरदिन उसको यादमा हराउने । हुनत नत उसको बोली नै राम्रोसँग सुनेको छु र पनि उ प्रतिको मेरो असिम अविछिन्न माया अनवरत रुपमा किन ? यसरी बढी रहेछ। आफैलाई प्रश्न तेर्स्याउने नगरेको पनि होइन ।
म उसलाई भेट्न देख्न यति उत्ताउलो किन भैरहेछु ? तर, उ भने येति धेरै निष्ठुर किन ? मेरो मनको चाह निस्छल र निस्कपट मायालाई कहिल्यै किन बुझेन म एकोहिरिन्थे टोलाउथे, मलाई देख्न साथ उ टाढैबाट बाटो मोडेर क्षितिज पारिको बिरानो ठाउँ तिर हराउने गर्दथ्यो । आज भन्दा भोली दिनानु दिन उसलाई भेट्ने चाहना बढ्दै थियो । सायद उसलाई नसम्झेको कुनै क्षण थिएन ।
उमेरले म चधौ वसन्तमा लमजुङको शान्ती उच्च मावि कक्षा नौ मा अध्यनरत थिए । उसलाई न देखेको पनि महिनौ भैसकेको थियो। तर एकदिन हाम्रो अचानक जम्काभेट …..! वसन्त ऋतु सुरु भै सकेको थियो । एक जोडी कोइली मधुरवाणिमा कुहु कुहु……! गर्दै थियो । प्रकृति पनि उस्तै मनमोहक थियो । म शुक्रबारको दिन स्कुलबाट एक्लै घरतर्फर्फकदै थिए घर आउदा बाटोमा जङ्गल पर्दथ्यो । सायद एक्लै भएर होला जङ्गलको बाटो अलिकती मनमा डर पनि थियो । डर भगाउनकै लागि भए पनि बिस्तारै गीत गुनगुनाउन थाले ।
पारी बाटको आयो सालको पात बजाउदै,
हतकारी मायालाई बोलाउदै ……!
यतिकैमा अचानक कोही म तिरै आउदै गरेको आवाज सुने । दुइ पाइला के अघि सारेको मात्रै थिए । सपना होकि बिपना ठम्याउनै गाह्रो भयो । जसलाई म बर्र्सौदेखि नजिकबाट हेर्न र कुरा गर्न चाहन्थे अचानक उसंग जङ्गलको बिचमा जम्का भेट भैदियो । मन ढक्क फुल्यो, सास बढ्दै गयो छाती चौडा भयो । हामी दुइ लगभग १० मिटरको दुरिमा थियौ । टक्क आँखा जुध्यो । मन भित्र अलिअलि डर साथमा हर्ष र उमङ्ग पनि उस्तै थियो । खै किन हो मेरो अनुहार रातो भयो । पहिले सोच्थे देख्नेबित्तिकै मनको भावाहरु असरल्ल पोखिदिन्छु । छरपस्ट हुनेगरी । तर, म केही बोल्नै सकिन एक अर्कालाई एकतमासले हेरिरह्यौ मन भित्रभित्रै खुशिले गदगद भयो । वर्षौदेखिको उसलाई नजिकबाट हेर्ने अतृप्त चाहना आज पूरा भएको थियो ।
म उसलाई आफ्नो अंगालोमा राखेर स्पर्श गर्न चाहन्थे प्रेमील कुराहरु गर्न चाहन्थे मनसँग मन साट्न चाहन्थे । तर पहिलो भेट एक अर्कामा अन्जान थियौ । यो सबै असम्भब जस्तै थियो । उ पनि सायद मसंग डराएको जस्तो अप्ठ्यारो महसुस गर्दै थिइन् । दुबै जना केही बोल्न सकिरहेको थिएन । तर आज संसारकै भाग्यमानी र खुशी मै होकि जस्तो लागिरहेको थियो । जसलाई भेट्न र देख्न कै लागि हरेक औंसीको रातले बिहानिको उज्यालो किरणको प्रतीक्षा गरे जस्तै म यहि दिनको प्रतीक्षामा थिए ।
हाम्रो जम्काभेट भएको लगभग १० मिनेट जति भै सकेको थियो। भौतिक दुरिको हिसाबले हामी अझै केही मिटर टाढै थियौ । अब यसरी हुँदैन । मेरो धैर्यताको बाध टुटिसकेको थियो । मैले सोचे ….. म उस्को समिप जानै पर्छ । मनको कुरा भन्नै पर्छ यो मौका फेरिफेरि आउदैन भन्ने सोचेर हिम्मत का साथ अघि बढ्न के दुइ पाइला मात्र अघि सारेको थिए । उ पनि फरक्क पछाडी फर्केर बुरुक बुरुक उप|mदै जङ्गल तिर सुइकुच्चा ठोकि । र क्षितिजमा बिलिन भइन । म चै फेरि उसको यादमा एकोहोरिन थाले । त्यो अरु कोही नभएर मृगनयनी आँखा भएको सधै मेरो मनको ढुकढुकी बढाउने एक सुन्दर परीजस्तै मृग थियो ।
-मलाई पशुपन्छी र प्रकृतिको धेरै माया लाग्छ । हामी सबै मिलेर बन्यजन्तु, पशुपन्छीको सरक्षण गरौं)
यो लेखकको निजी कहानी हो । उनि यूएइ अबुधबीमा कार्यरत छन्










