अतृप्त चाहना र जम्काभेट्

आजपनी हाम्रो त्यो जम्काभेट अन्तरआत्मा भित्र त्यो अविस्मरणीय क्षणको याद न आउने कहाँ होर ? बिर्सिन चाहन्छु र पनि त्यो मेरो अतृप्त चाहना आज पनि उस्तै ताजा लाग्छ ।

  • भुपाल गुरुङ

आजपनी हाम्रो त्यो जम्काभेट अन्तरआत्मा भित्र त्यो अविस्मरणीय क्षणको याद न आउने कहाँ होर ? बिर्सिन चाहन्छु र पनि त्यो मेरो अतृप्त चाहना आज पनि उस्तै ताजा लाग्छ ।
धेरै भुमिका बाध्न चाहृन्न ।

उसको र मेरो भेट भएको त थिएन् । कहिले काही अक्कलझुक्कल देख्ने गर्थे । कहिलेकाही उसको बोली पनि सुनेको थिए । तर उसको बोली र भाषा धेरै प्रयास गर्दा बुझन सकिँदैन थियो । तर म उसको बोली सुनेपछि मदहोस हुन्थे । टक्क अडिन्थे सुनिरहुँ झै लाग्ने तर उ मेरो आहटसंगै टाढा भागेर जाने । नजिकबाट देख्न सौभाग्य कहिल्यै जुरेन । मेरा नसालु नयनहरु हरदिन उसैको खोजिमा भैतारिन्थ्यो । सोच्थे एकदिन कसो भेट नहोला –

म कहिलेकाही उसको यादमा भावनामा बग्ने गर्थे सुन्दर हरियाली बगैंचा रुमानी साँझ, एकान्तमा हामी दुइजना मन यसरी नै बहकिन्थे …. । कल्पनाको सागरमा चुर्लुम्म डुब्ने गर्दथे । तर कहिलेपनी हामी आमने-सामने हुन सकेनौ। सायद उ नै चाहदैन्थ्यो कि मेरो अगाडि आउन तर मेरो मन चै एक तमासको भएको थियो । हरपल हरदिन उसको यादमा हराउने । हुनत नत उसको बोली नै राम्रोसँग सुनेको छु र पनि उ प्रतिको मेरो असिम अविछिन्न माया अनवरत रुपमा किन ? यसरी बढी रहेछ। आफैलाई प्रश्न तेर्स्याउने नगरेको पनि होइन ।

म उसलाई भेट्न देख्न यति उत्ताउलो किन भैरहेछु ? तर, उ भने येति धेरै निष्ठुर किन ? मेरो मनको चाह निस्छल र निस्कपट मायालाई कहिल्यै किन बुझेन म एकोहिरिन्थे टोलाउथे, मलाई देख्न साथ उ टाढैबाट बाटो मोडेर क्षितिज पारिको बिरानो ठाउँ तिर हराउने गर्दथ्यो । आज भन्दा भोली दिनानु दिन उसलाई भेट्ने चाहना बढ्दै थियो । सायद उसलाई नसम्झेको कुनै क्षण थिएन ।

उमेरले म चधौ वसन्तमा लमजुङको शान्ती उच्च मावि कक्षा नौ मा अध्यनरत थिए । उसलाई न देखेको पनि महिनौ भैसकेको थियो। तर एकदिन हाम्रो अचानक जम्काभेट …..! वसन्त ऋतु सुरु भै सकेको थियो । एक जोडी कोइली मधुरवाणिमा कुहु कुहु……! गर्दै थियो । प्रकृति पनि उस्तै मनमोहक थियो । म शुक्रबारको दिन स्कुलबाट एक्लै घरतर्फर्फकदै थिए घर आउदा बाटोमा जङ्गल पर्दथ्यो । सायद एक्लै भएर होला जङ्गलको बाटो अलिकती मनमा डर पनि थियो । डर भगाउनकै लागि भए पनि बिस्तारै गीत गुनगुनाउन थाले ।

पारी बाटको आयो सालको पात बजाउदै,
हतकारी मायालाई बोलाउदै ……!

यतिकैमा अचानक कोही म तिरै आउदै गरेको आवाज सुने । दुइ पाइला के अघि सारेको मात्रै थिए । सपना होकि बिपना ठम्याउनै गाह्रो भयो । जसलाई म बर्र्सौदेखि नजिकबाट हेर्न र कुरा गर्न चाहन्थे अचानक उसंग जङ्गलको बिचमा जम्का भेट भैदियो । मन ढक्क फुल्यो, सास बढ्दै गयो छाती चौडा भयो । हामी दुइ लगभग १० मिटरको दुरिमा थियौ । टक्क आँखा जुध्यो । मन भित्र अलिअलि डर साथमा हर्ष र उमङ्ग पनि उस्तै थियो । खै किन हो मेरो अनुहार रातो भयो । पहिले सोच्थे देख्नेबित्तिकै मनको भावाहरु असरल्ल पोखिदिन्छु । छरपस्ट हुनेगरी । तर, म केही बोल्नै सकिन एक अर्कालाई एकतमासले हेरिरह्यौ मन भित्रभित्रै खुशिले गदगद भयो । वर्षौदेखिको उसलाई नजिकबाट हेर्ने अतृप्त चाहना आज पूरा भएको थियो ।

म उसलाई आफ्नो अंगालोमा राखेर स्पर्श गर्न चाहन्थे प्रेमील कुराहरु गर्न चाहन्थे मनसँग मन साट्न चाहन्थे । तर पहिलो भेट एक अर्कामा अन्जान थियौ । यो सबै असम्भब जस्तै थियो । उ पनि सायद मसंग डराएको जस्तो अप्ठ्यारो महसुस गर्दै थिइन् । दुबै जना केही बोल्न सकिरहेको थिएन । तर आज संसारकै भाग्यमानी र खुशी मै होकि जस्तो लागिरहेको थियो । जसलाई भेट्न र देख्न कै लागि हरेक औंसीको रातले बिहानिको उज्यालो किरणको प्रतीक्षा गरे जस्तै म यहि दिनको प्रतीक्षामा थिए ।

हाम्रो जम्काभेट भएको लगभग १० मिनेट जति भै सकेको थियो। भौतिक दुरिको हिसाबले हामी अझै केही मिटर टाढै थियौ । अब यसरी हुँदैन । मेरो धैर्यताको बाध टुटिसकेको थियो । मैले सोचे ….. म उस्को समिप जानै पर्छ । मनको कुरा भन्नै पर्छ यो मौका फेरिफेरि आउदैन भन्ने सोचेर हिम्मत का साथ अघि बढ्न के दुइ पाइला मात्र अघि सारेको थिए । उ पनि फरक्क पछाडी फर्केर बुरुक बुरुक उप|mदै जङ्गल तिर सुइकुच्चा ठोकि । र क्षितिजमा बिलिन भइन । म चै फेरि उसको यादमा एकोहोरिन थाले । त्यो अरु कोही नभएर मृगनयनी आँखा भएको सधै मेरो मनको ढुकढुकी बढाउने एक सुन्दर परीजस्तै मृग थियो ।

-मलाई पशुपन्छी र प्रकृतिको धेरै माया लाग्छ । हामी सबै मिलेर बन्यजन्तु, पशुपन्छीको सरक्षण गरौं)
यो लेखकको निजी कहानी हो । उनि यूएइ अबुधबीमा कार्यरत छन्

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker