मातातीर्थ औंसीको अवसरमा ‘आमा’ लघुकथा सङ्ग्रह विमोचन

भानु नगरपालिका-४ निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको बुधबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । ढकालकै जन्मस्थान भानु-४ ठाँटीको चौर बाल उद्यानमा राष्ट्रिय भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरेका हुन् ।

त्रिसठ्ठी लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गरेका थिए । उनले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकामा कथाकारलाई धन्यवाद समेत दिए ।

पदम कार्की, भरत अधिकारी, जयहरि भट्टराइ, हर्कबहादुर थापा, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । उनले मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मान स्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताए।

प्रमुख अथिति डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरू माथि कडा प्रहार गरिएको बताए।

स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशंकर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker