गजल

के मेला के पर्व गरिबहरू लाई आउदो हो,

मुटुमा जहिले पनि पिर सजाई आउदो हो।

अहिले त दशैँको सङ्घारमा रूवाबास छ,
कालले किन साइनो न लगाइ आउदो हो।

भ्रष्टाचार र सुशासनकै लागि मरेका हुन्छन्,
आन्दोलनपनि त कुनै डोरी समाई आउदै हो।

चलाउँछन् गोली फैलाउँछन् आतङ्क याहां
केभनौं कहाँबाट आदेश भरपाई आउदो हो।

विदेशमा बसेका हुन्छन् गरिब श्रमजीविहरू,
उनिहरूलाई नि पर्व खाइ नखाई आउदो हो।

कति छ कति विभेद मानिसमा संसार भरीनै,
मेलापर्व भन्ने त खै के गरिबलाई आउदो हो।

सुरेशकुमार पाण्डे दाङ घोराही-१८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker