गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको अध्यक्षमा अधिकारी
भञ्ज्याङ न्यूज

गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले अध्यक्षमा पुनः बालहरी अधिकारीलाई चयन गरेको छ ।
अधिबेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराइ, उपध्याक्ष शान्ता बास्तोला, सचिब माधब प्रसाद अधिकारी, सह-सचिब कल्पना घिमिरे, कोषाध्यक्ष हरिश्चन्द्र वाग्ले चयन भएका छन् भने सदस्यहरुमा अन्जना तिमल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, याम प्रसाद सापकोटा र सुदिप पौडेल चयन भएको बताइएको छ।
प्रतिष्ठानको साधारण सभा उद्घाटन गर्दै आदिकवि भानुभक्त क्याम्पस दमौलीका क्याम्पस प्रमुख महाप्रसाद हडखलेले साहित्य मनिसको जीवनसंग जोडीएको र पछिल्लो समयमा प्रतिष्ठान ले तनहुँमा रहेका विभिन्न प्रतिभाहरुलाई ऐनाको रूपमा काम गरिरहेको बताए ।









