एमालेले टुंग्यायो मन्त्रीको नाम, पद्मा जीसीले नेतृत्व गर्ने, मन्त्रीहरुको शपथ केहीबेरमा

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै एमालेका केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।

लामो समयदेखि भइरहेको छलफल र असहमतिलाई पार गर्दै आइतबार ९ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

अहिले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker