फाइनलमा पुग्ने प्रतिस्पर्धा

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा जारी महिला बास्केटबल प्रतियोगितामा मंगलबार बिहान सेमिफाइनलमा भिड्दै सुदुरपश्चिम र बागमती प्रदेशका खेलाडी । प्रतियोगितामा ८३-२५ अंकले सुदुरपश्चिमलाई पराजित गर्दै बागमती प्रदेश फाइनलमा प्रवेश गरेको छ । व्यास-१ स्थित निर्मल माध्यमिक विद्यालयको कोर्टमा बुधबार दिउँसो ३ बजे आर्मी क्लव र बागमती प्रदेशबीच उपाधीका लागि प्रतिस्पर्धा हुँदैछ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










