“उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना

  • भञ्ज्याङ समाचारदातातनहुँको घिरिेङ गाउँपालिकाले सबै घरमा बत्ति बाल्ने लक्ष्यका साथ ‘उज्ज्यालो घिरिङ’ अभियान चलाएको छ । अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्नबाट बञ्चित रहेका घिरिङका बासिन्दालाई आगामि पुस महिना भित्रसम्म विद्युत सेवा उपभोग गर्ने वातावरण बनाउने लक्ष्यका साथ काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।

    ‘टुकी, मैनबत्ती र केहीले वैकल्पिक उर्जाको सहारामा बस्दै आएका स्थानीयवासीको घरघरमा विद्युतीकरण गर्ने कार्यक्रम तीब्र रुपमा सञ्चालन गरिएको छ’, अध्यक्ष राना भने, ‘गत आर्थिक वर्षमै घरघरमा बत्ति बाल्ने गरी करिब एक करोड रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको थियो । तर, कोरोना कहरका कारण समयमै काम हुन सकेको छैन । अब हामी आगामि पुस महिनाभित्रसम्म सबै नागरिकको घरमा विजुली बत्ति बाल्ले गरी काम अगाडि बढाएका छौं ।’

    ‘गाउँपालिकाका सबै घरमा बत्ति बाल्न हामीले ‘उज्ज्यालो घिरिङ’ अभियान सञ्चालन गरेका छौं’, अध्यक्ष रानाले भने ‘जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० घरमा बत्ती बालिसकिएको छ । बाँकी घरमा पनि बत्ति बाल्ने काम तीब्र भइरहेको छ । विनियोजित बजेट अपुग भएमा गाउँपालिकाको भइपरी खर्चबाट भए पनि मिलाउने तयारी गरिएको छ ।’

    तनहुँको घिरिेङ गाउँपालिकाले सबै घरमा बत्ति बाल्ने लक्ष्यका साथ ‘उज्ज्यालो घिरिङ’ अभियान चलाएको छ ।

    गाउँपालिकाका सबै घरमा विजुली बत्ति पुर्‍याउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लाग करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र तनहुँ हाइड्रोले पनि विद्युतीकरणमा सहयोग गरेको अध्यक्ष राना बताए ।

    यस्तै, घिरिङको काठेकोटका ४२ घरमा बत्ती बालिएको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले बताए । उनले भने, ‘घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र पारिएको छ । टुकी र मैनबत्तीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएसँगै स्थानीयवासी हर्षित छन् ।’

    तत्काल करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । विद्युत्को सुविधा उपभोगबाट बञ्चित रहेका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका-१ का पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे र हात्तीडाँडा, वडा नं. २ का गजरकोट, काठेकोट, वडा नं. ४ को जिताकोट, गड्यौलीटारको हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष थापाले बताए ।

    ‘विद्युतीकरण अन्तरगत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ’, अध्यक्ष थापाले भने, ‘दशैं अगाडि नै बत्ति बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौ । गाउँपालिकाको ६१ लाख रुपैयाँको बजेटबाट सो काम भइरहेको छ ।’

    उनले भने, ‘गाउँपालिका-४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा र गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे र भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ । आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौं, खम्बा गाड्ने, तार तान्ने लगायतका काम पनि चलिरहेको ।’

    उक्त गाउँपालिका-२ माहोरकोटका ५९ घरमा पहिलो पटक बत्ती बलेको छ । पुट्टार र बैदीका केही भागमा समेत विद्युतीकरण सम्पन्न भएको छ । पुट्टारमा दुइ चरणमा गरेर घरघरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं. ४ मा केही महिना अगाडिदेखि बत्ती बलेको छ । जिल्लाको विकट गाउँको रुपमा परिचित घिरिङका ग्रामीण क्षेत्रमा अहिले बिजुलीको सुविधा नपुगेको सो क्षेत्रमा बत्ति बल्न थालेपछि स्थानीयहरु हर्षित बनेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker