बन्दीपुरको कपडा बैंकमा ३५ किलो पुनःप्रयोग गर्न मिल्ने कपडा सहयोग

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी निवासी मदन खत्रीले वडा कार्यालयद्वारा सञ्चालित कपडा बैंकलाई करिब ३५ किलो पुनःप्रयोग गर्न मिल्ने कपडा सहयोग गरेका छन् ।

खत्रीले शर्ट, पेन्ट, टी–सर्ट, साडी, टोपी लगायत बालबालिकाका कपडासमेत कपडा बैंकमा उपलब्ध गराएका हुन् । प्रयोग गर्न मिल्ने कपडालाई पुनःप्रयोगमा ल्याउने र आवश्यक पर्ने व्यक्तिलाई उपलब्ध गराउने उद्देश्यले सञ्चालित कपडा बैंकमा खत्री परिवारले गरेको सहयोगप्रति वडा कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।

वडा कार्यालयले घरमा प्रयोगमा नआएका तर पुनःप्रयोग गर्न सकिने कपडा भए कपडा बैंकमा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेको छ । यसबाट कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्नुका साथै आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग पुग्ने बन्दीपुर–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

कपडा बैंकमा कपडा सहयोग गर्न इच्छुक नागरिकले वडा नम्बर १ को कार्यालयमा सम्पर्क गर्न सक्ने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker