तनहुँको कमलबारीमा ट्रक पल्टिँदा चालकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान करिब ८ः३० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) द्वारिका प्रसाद घिमिरेका अनुसार दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी करिब २६ वर्षीय अजय थिङ घाइते भएका थिए । उनको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको थियो।

गम्भीर अवस्थामा रहेका थिङको उपचारका क्रममा बिहान करिब ९ बजे चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार सहचालकको घुँडामा सामान्य चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको भए पनि पृथ्वीराजमार्गमा भने कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker