भञ्ज्याङ दैनिक पत्रिका प्रेस काउन्सिलद्वारा ‘क’मा वर्गीकरण

तनहुँ : गण्डकी प्रदेशको तनहुँबाट विगत ४४ वर्षदेखि प्रकाशित हुँदै आएको भञ्ज्याङ ‘क’ वर्ग वर्गीकरण भएको छ ।

४४ वर्ष यात्रा पुरा गरेको भञ्ज्याङ पोखराबाट साप्ताहिक र तनहुँमा दैनिक रुपमा नियमित प्रकाशित हुँदै आएको गण्डकीको पहिलो पत्रिका हो । सबैभन्दा बढि व्यवस्थित र प्रतिष्ठित मिडिया हाउस भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्धारा प्रकाशित भञ्ज्याङ दैनिकलाई प्रेस काउन्सिल नेपालले आ.व. २०७९/०८० को पत्रपत्रिका वर्गीकरणमा स्थानीय ‘क’मा वर्गीकरण गरेको ।

काउन्सिलले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार भञ्ज्याङ दैनिकले प्रकाशन गरेको सञ्चार सामाग्रीको गुणस्तर, वितरण प्रणाली, यसको प्रभावकारिता, निरन्तरता लगायतका विषयमा मूल्याङ्कन गरी ‘क’ वर्गको मान्यता दिएको हो ।

प्रेस काउन्सिलले देशभरका पत्रपत्रिकाहरूको सम्परीक्षण गरी हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्ने गर्दछ । काउन्सिलले समाचारको सन्तुलन, विचारको विविधता, सम्पादकीय स्वतन्त्रता, पत्रकार आचारसंहिताको पालना र वितरण प्रणाली लगायतका विषयमा मापदण्ड तयार गरी पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ ।

वि.सं. २०३९ सालमा कास्कीको पोखरामा साप्ताहिकबाट प्रकाशन शुरु गरेको ‘भञ्ज्याङ’ले वि.सं. २०५९ सालदेखि ‘दैनिक’मा रुपान्तरण भई तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशन भएको हो । नेपाली पत्रकारिता क्षेत्रको इतिहासका रुपमा आफ्नो अलग पहिचान बनाउन सफल पनि भएको छ । यो यात्रा तय गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ । तनहुँको सदरमुकाम दमौलीबाट “भञ्ज्याङ पब्लिकेशन प्रा.लि.” मार्फत “भञ्ज्याङ दैनिक” पित्रिका प्रकाशित हुँदै आएको छ । पत्रिकाले बिगतका घटना र वर्तमानका परिकल्पनालाई फर्किएर हेर्दा धेरै उतारचढाभका साथै संघर्षशिल इतिहास बनाएको र बन्न पुगेका छन् ।

मुलुकमा भएका विभिन्न कालखण्डहरुमा जोखिमको सामनासँगै समाधानको खोजी गर्दै आमपाठकको चाहानालाई साथ र सहकार्य गर्दै भञ्ज्याङले आफ्नो यात्रालाई निरन्तरता दिंदै आएको छ । परिवर्तनका निम्ति मुलुकमा भईरहने राजनीतिक मुद्दाले बेलाबखत उथलपुथल बनाउने गरेको छ । बिगतका घटनाक्रमलाई तुलनात्मक रुपमा वर्णन गर्ने अवस्था भने छैन । नेपाल र नेपाली जनतामाझ जोडिएको विकास निर्माण र समृद्धिका लागि भएका संघर्षले संघ, प्रदेश र स्थानीय तहको संरचना तयार भएका छन् । मुलुकको भौगोलिक विविधता, सांस्कृतिक, जातीय पहिचानका भेषभूषा जीवनत राख्नु देशको पहिचान हो । यो पहिचानलाई आत्मसाथ गर्दै भञ्ज्याङले साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढ्दै आएको छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हिमाल, पहाड र तराईसम्म बसोवास गर्ने आम नेपालीलाई सिंहदरबारको अधिकार घरआँगनसम्म पु¥याउने लक्ष्यका साथ जनताको घरदैलोको सरकारका रुपमा परिचित स्थानीय तहलाई मार्गनिर्देशन गर्ने हेतुका साथ अगाडि बढेको छु ।

यस पत्रिकाले आधुनिक प्रविधिका साथै नयाँ मिडियाले आफ्नो पकड जमाइसकेको अवस्थामा आफ्नो पहिचानलाई सोही रुपमा स्थापित गर्दै अगाडि बढ्को छ । प्रविधिका कारण सेकेण्ड भरमा दुनियाको खबर क्षणभरमै सबैको पहुँचमा पुग्न थालेका छन् । प्रविधिको विकाससंगै लिथो, लेटरप्रेस हुँदै पोलि र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित हुन्छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चार माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत गराएको छ । सत्य, तथ्यमा आधारित रहि मुलुकभर छरिएका सामाग्रि टिपनटापन गर्दै भञ्ज्याङ पत्रिका अनवरत यात्रामा छ । टुक्राटुक्रा हत्केलामा जम्मा गर्दै यथार्तपरक रुपले आम नागरिकको हातहातमा पुगि रहेको छ । व्यक्तिविशेष पत्रकारिता नभई स्वतन्त्रतापूर्वक विषयगत बस्तुलाई प्राथमिकतामा राखि प्रकाशन माध्यमद्वारा पाठकको माझमा छर्लङ्ग हुने प्रयास निरन्तर चल्दै छ र चलिरहने छ । शहरदेखि ग्रामीण बस्तिसम्म सम्भावना बोकेका सम्भावित स्थानलाई ग्रामीण, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीय कला संस्कृतिको संरक्षण, प्रवद्र्धनका साथै विकास निर्माण, अनियमितताका विषयमा खबरदारी गर्दै सम्बन्धित निकायलाई घच्घचाउँदै विकास र समृद्धिको बाटोमा मुलुक, समाजलाई डो¥याउने काम भञ्ज्याङ पत्रिकाले गर्दै आईरहेको छ । उकाली र ओराली हिड्दै गरेका यात्रीले थकाई मार्न भञ्ज्याङका चौतारीमा बिश्राम गर्नेका दुःख, पीडालाई समेटेर प्रकाशित हुँदै आएको पनि छ ।

मुलुक संघीय संरचनामा गएसंगै अहिले तीन तहको सरकार छ । तीनै तहक सरकारले जनताका आशा, अपेक्षा र चाहानालाई सामयिक रुपमा बुझ्न नसक्दा अहिले मुलुक युवाबिहिन बन्ने अवस्थामा पुगेको छ । युवाहरु आफ्नो थाँतथलो छाडेर रोजगारीको खोजीमा भौतारिने क्रम दिनप्रतिदिन बढ्दो छ । यो अवस्था किन आयो ? यसको खोजी गरी समयमै निकासमा पुग्नु आजको आवश्यकता हो । स्थानीय सरकारले स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गर्न, बाँझिदै गएका उर्वर भूमिलाई पुनः हरभर बनाउन, युवालाई आफ्नै थाँतथलोमा स्वरोजगार बनाउन के–कस्ता नीति, कार्यक्रम अवलम्बन गरेका छन् र ती कार्यक्रममा युवालाई कसरी जोडिदै छ भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने अहिलेको दायित्व हो ।

हामीले मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संघीय लोकतान्त्रिक पद्धतिको जनहित प्रणाली स्थायीत्वप्रति जनताले उपभोग गर्न पाउनुपर्छ जस्ता विविध विषय उजागर गर्दै आएका छौं र निरन्तरता दिनेनै छौं । आम जनताका आवाजलाई अझै मुखरित गर्न प्रतिवद्ध छौं । प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखि न्यू मिडिया अन्तर्गत वेवसाइट, सामाजिक सञ्जालहरुमा फेसबुक पेज, ट्वीटर, युटुव च्यानल मार्फत पनि पाठकहरुलाई छिटो छरितो रुपमा विश्वासिला समाचार तथा सूचना प्रवाह गर्दै आएका छौं ।

काउन्सिलले आ.वं. २०७९/८० को पत्रपत्रिका वर्गीकरणको नतिजा शुक्रवार प्रकाशन गरेसंगै ‘क’ वर्गमा सूचिकृत भएको छ । भञ्ज्याङ दैनिकका प्रधान सम्पादक नारायण खड्काले भञ्ज्याङ दैनिकलाई ‘क स्तरको’ वर्गमा पु¥याने कार्यमा पत्रिकामा कार्यरत पत्रकार, कर्मचारी र व्यवस्थापनको सिंगो टीम, ग्राहकको अतुलनीय माया, विज्ञापनदाताको सहयोग, प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगि मन तथा शुभेच्छुकको महत्वपूर्ण देन रहेको बताउँदै समबन्धित सबैप्रति आभारसहित धन्यवाद ब्यक्त गरेका छन् । उनले पत्रिका ‘क’ वर्गमा वर्गीकृत भएसंगै आफ्नो टीमलाई थप जिम्मेवारी तथा निडर, निश्पक्ष र व्यवसायिक पत्रकारिताको कर्मलाई थप व्यवस्थित र फराकिलो बनाउँदै अगाडि बढ्न प्रेरणा मिलेको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker