पाहुना स्वागतका लागि फूलमाला

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँका घरबासका सञ्चालक महिलाहरु पाहुनालाई स्वागत गर्न फूलबाट माला तयार गर्दै । नगरपालिकाले रुम्सी गाउँलाई ग्रामीण पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्थानीयहरु पनि घरबास कार्यक्रम मार्फत आर्थिक उपार्जनका साथै स्थानीय संस्कार सस्कृति संरक्षणमा लागि परेका छन् ।

तस्विर : भञ्ज्याङ










