किशोरीलाई क्यान्सरविरुद्धको एचपिभी खोप

तनहुँको बन्दीपुर गाउँपालिका–१ को पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्रकी स्वास्थ्यकर्मी डुम्रेस्थित मनास्लु इङ्गलिस बोर्डिङ स्कुलकी एक किशोरीलाई विहीबार पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाउँदै । तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँवुखैरेनी गाउँपालिकाका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप लगाइदै छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गरिएको र देशभर करिब १७ लाख किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।
तस्विर : भञ्ज्याङ










