मरेपछि फेसबुक, गुगल अकाउन्ट के हुन्छ ?, डिजिटल इच्छापत्र के हो ?

एजेन्सीको सहयोगमा

हाम्रो जीवनको एउटा ठूलो हिस्सा अहिले डिजिटल बनिसकेको छ । फेसबुकमा शेयर गरिएका तस्वीर हुन् वा इन्स्टाग्रामका रील्स, अनि ट्वीटरका बहस हुन् वा ह्वाट्सएपका मेसेज यी सबै हाम्रा डिजिटल संसारका हिस्सा बनेका छन् । तर हामीले चलाउने यी तमाम सोसल मिडियाका अकाउन्टहरु हाम्रो मृत्युपछि के होलान् ?

सायद हामीले यसका बारेमा सोचेका छैनौँ होला । हाम्रा सोसल मिडिया अकाउन्टहरु हाम्रो जीवनको अन्त्यसँगै समाप्त हुन्छन् कि ती अनगिन्ती सम्झनाको रुपमा कायमै रहन्छन् ?

मानिसको मृत्युपछि गुगल अकाउन्ट के हुन्छ ?

गुगल वा कुनैपनि अन्य कम्पनीहरुसँग यस्तो कुनै टूल छैन जसबाट कोही मानिस मरेपछि तुरुन्तै जानकारी हासिल हुन सकोस् । यदि कुनै गुगल अकाउन्ट लामो समयसम्म सक्रिय भएन वा कुनै अकाउन्टका माध्यमबाट गुगल म्याप, जिमेल, गुगल ड्राइभ वा सर्च आदिको प्रयोग लामो समयसम्म भएन भने यस्तो अकाउन्टलाई गुगलले निस्क्रिय अकाउन्टको सूचीमा राखिदिन्छ।

यस्तोमा गुगलले उक्त गुगल अकाउन्टवालाको मृत्यु भैसकेको ठान्दछ। तथापि गुगलमा एउटा यस्तो सुविधा पनि छ जसबाट प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो गुगल अकाउन्टका विभिन्न डिजिटल डेटामाथि कसैलाई हक सुम्पिन सक्दछन्।

यसका लागि गुगलसँग एएटा फिचर छ । जसको माध्यमबाट तपाईंले आफु मरेसँगै आफ्ना डेटा कसले सम्हाल्ने हो वा आफ्नो जिमेल लगायतका अकाउन्ट कसले चलाउन पाउने हो ? भन्ने कुरा तय गर्न सक्नुहुनछ ।

गुगलको यस फिचरलाई myaccount.google.com/inactive गएर प्रयोग गर्न सकिन्छ ।

यसमा अधिकतम १८ महिनाको समय तय गर्न सकिन्छ । यस्तोमा यदि १८ महिनासम्म कुनै गुगल अकाउन्ट खोलिएन भने प्रयोगकर्ताले myaccount.google.com/inactive का माध्यमबाट जोसँग पासवर्ड शेयर गरिएको हुन्छ उसले तपाईंको गुगल अकाउन्टमा लगइन गर्न सक्दछ ।

उक्त लिंकलाई खोलेर तपाईंले उक्त व्यक्तिको इमेल आइडी तथा फोन नम्बर आदि हाल्नुपर्ने हुन्छ जसलाई तपाईंले आफ्नो अकाउन्ट सुम्पिन चाहनुहुन्छ । इच्छापत्रको रुपमा गुगलले १० जना मानिसको नाम जोड्ने विकल्प प्रदान गर्दछ ।

मृत्युपछि फेसबुक अकाउन्ट के हुन्छ ?

फेसबुकमा पनि यस्तै खालको एउटा फिचर छ, जसलाई legacy contact भनिन्छ । उक्त फिचरका माध्यमबाट तपाईंले विरासतको रुपमा आफ्नो फेसबुक अकाउन्टलाई आफ्ना परिवारका सदस्य वा कुनै मित्रलाई सुम्पिन सक्नुहुनछ ।

तपाईले छानेको उक्त व्यक्तिले तपाईंको मृत्युपछि पनि तपाईको फेसबुक अकाउन्ट व्यवस्थापन गर्न पाउँछ । यद्यपि त्यस्तो व्यक्तिले केवल प्रोफाइल तस्वीर, कभर फोटो अपडेट गर्ने तथा साथीका फ्रेण्ड रिक्वेस्टको जवाफ दिनेसम्मको काम मात्रै गर्न सक्दछ । उसले वास्तविक अकाउन्ट धारकका प्राइभेट मेसेज भने पढ्न पाउँदैन।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker