यी हुन् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल ,कानून मानेर कुन कुन सूचीकृत भए ?

युट्युव पनि बन्द हुन लागेको हो त ?

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारले निर्णय गरेसँगै सामाजिक सञ्जाल भित्र के–के पर्छन् भन्ने बहस सुरु भएको छ । कतिपयले त हामीलाई सम्पर्क गरेर नै के–के सामाजिक सञ्जाल बन्द हुन लागेका हुन् ? युट्युव पनि सामाजिक सञ्जाल हो कि होइन ? युट्युव पनि बन्द हुन लागेको हो र भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जालका र सामाजिक सञ्जालका प्लेटफर्मलाई परिभाषित गरेको छ ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल भन्नाले सामाजिक सञ्जाल प्लेटफर्मले कम्प्युटर, इन्टनरनेट लगायतका विद्युतीय सञ्चार माध्यमबाट उपलब्ध गराएको सुविधा र विधि अनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप लगायतका सञ्जाललाई भनेको छ ।

यस्तै सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, ट्वीटर (एक्स), वाट्सएप, भाइबर पिन्टरेस्ट,म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, लिंन्कडइन, विच्याट लगायतका सार्वजनिक रुपमा उपलब्ध हुनेगरी सञ्चालनमा ल्याइएका प्रणालीलाई भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker