अधिकृत विक्रेता संघ तनहुँको अध्यक्षमा श्रेष्ठ

दमौली : अधिकृत विक्रेता संघ तनहुँको नवौ साधारण सभा तथा पाँचौ अधिवेशनले दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा लाल प्रसाद प्रधान, उपाध्यक्ष केदार अधिकारी, महासचिव राजराम शर्मा, सचिव विराजन लामिछाने, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक सुजन कुमार श्रेष्ठले जानकारी गराए ।
यस्तै, संघको सदस्यहरुमा रविन्द्र शाही, मोती श्रेष्ठ, शशिसेखर आचार्य, सुर्य सुवेदी, मान बहादुर श्रेष्ठ, खगेन्द्र सुवेदी र शंकर ज्ञवाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य मनोज अधिकारीले जानकारी गराए ।