किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण

विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध टुट्ने अवस्था सम्म पुग्छ । यस्तो बेला वैवाहिक जीवनलाई सफल बनाउन गाह्रो हुन्छ तर सही समयमा सही कदम चाल्ने हो भने यसलाई टुट्नबाट जोगाउन सकिन्छ ।

सम्बन्धमा खुलेर कुरा गर्ने, विश्वास कायम राख्ने र एक-अर्काको सम्मान गर्ने वैवाहिक सम्बन्धलाई बलियो बनाउने मुख्य उपाय हुन् । यदि यी कुराहरूलाई ध्यानमा राखियो भने सम्बन्ध बलियो हुनुको साथै वैवाहिक जीवन पनि सुखद हुनसक्छ ।

पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् र यसको पछाडि धेरै कारण जोडिएका हुन्छन् । यी कारणहरूलाई समयमै समाधान गरियो भने विवाह बचाउन सकिन्छ । सम्बन्ध विच्छेदका तीन प्रमुख कारण र विवाह जोगाउने केही महत्वपूर्ण उपायहरूबारे जानौँ ।

१. खुलेर कुरा नगर्नु

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा एक-अर्कासँग कुरा गर्नु हो । श्रीमान् श्रीमतीबीच संवादको कमी हुँदा गलत बुझाइ बढ्न थाल्छ । बिस्तारै दुवै एक-अर्काबाट टाढा हुँदै जान्छन्, जसका कारण वैवाहिक सम्बन्ध कमजोर हुनथाल्छ ।

के गर्ने ?

आफ्नो पार्टनरले भनेका कुरा ध्यानपूर्वक सुन्ने र उसको भावना बुझ्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन एक-अर्कासँग कुरा गर्नका लागि केही समय छुट्याउनुपर्छ । कुनै पनि समस्यालाई शान्ति पूर्वक एकसाथ बसेर समाधान गर्ने र क्रोधमा कुनै निर्णय गर्नु हुँदैन ।

२. विश्वासको अभाव

विश्वास सम्बन्धको आधार हो । जब सम्बन्धमा विश्वासको कमी हुन्छ वैवाहिक सम्बन्धमा दरार आउन थाल्छ । शङ्का र झूटले कुनै पनि सम्बन्धलाई कमजोर बनाउन सक्छ र सम्बन्ध विच्छेद सम्म पुर्याउन सक्छ ।

के गर्ने ?

आफ्नो पार्टनरसँग इमानदार रहनुपर्छ । केही कुरा पनि लुकाउने प्रयास गर्नु हुँदैन । यदि कुनै कारणले विश्वास कम भएको छ भने, यसलाई फेरि बलियो बनाउन खुला रुपमा कुराकानी गर्नुपर्छ । सम्बन्धमा पारदर्शिता कायम राख्नुपर्छ र आफ्नो पार्टनरको भावनाको सम्मान गर्नुपर्छ ।

३. सम्मानको कमी

सम्बन्धमा एक-अर्काको भावना र आवश्यकता बुझ्न नसक्दा सम्बन्ध विच्छेदको सम्भावना बढ्छ । धेरै पटक पार्टनरहरूले एक-अर्काको कुरालाई बेवास्ता गर्न थाल्छन् वा उनीहरूको भावनालाई महत्त्व दिँदैनन् । जसका कारण सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्छ ।

के गर्ने ?

आफ्नो जीवनसाथीको भावनाको कदर गर्नुपर्छ । उनीहरूलाई आदर गर्नुपर्छ । कुनै पनि तर्कमा, उनीहरूलाई बेवास्ता गर्नुको सट्टा एक-अर्काको कुरा बुझ्ने प्रयास गर्नुपर्छ । सम्बन्धमा माया र सम्मान कायम राख्नका लागि जीवनसाथीको सानो-सानो कुराको ख्याल राख्ने, बेला बेलामा प्रशंसा गर्ने जस्ता साना कुराहरूमा पनि ध्यान दिनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker