क्षयरोग सम्बन्धी अभिमुखिकरण

भञ्ज्याङ न्यूज

नेपाल क्षयरोग निवारण संस्था तनहुँले शनिबार दमौलीमा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाका सभापति श्यामलाल गोशलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षयरोगको अवस्था, संक्रमण र न्यूनिकरणका विषयमा छलफल गरिएको थियो ।

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा देखाइएको छ । त्यसमध्ये नर्सर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ । छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ ।

क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको स्वास्थ्य कार्यालयले बताएको छ। क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती रहेको छ । समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्ने गरेकाले आ-आफ्नो ठाउँबाट संकास्पद लक्ष्यण देखिएकालाई परीक्षणको दायारामा ल्याउन पहल गर्ने बैठकमा छलफल भएको संस्थका सचिव टिकाराम दाहालले जानकारी गराए ।

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग र्सार्न सक्छ । क्षयरोगी पहिचानका लागि कार्यालयले शंका लागेका व्यक्तिको खकार संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । दुइ हप्तासम्म खोकी लागेका शंकास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार संकलन गरी परीक्षणको व्यवस्था स्वास्थ्य कार्यालयले मिलाएको छ ।

नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट संक्रमित हुने गरेको तथ्याङ्क छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker