सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस यूनिभर्स नेपाल

मिस यूनिभर्स नेपालका लागि नयाँ र्फान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि.ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आहृवान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि.का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले यही असोज २२ गते, बिहिबारका दिन, ए.पि. वानएचडिमा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फ उक्त MUN एप लन्च गर्नु भएको थियो ।

यस मिस यूनिभर्सका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै र्सवाधिक धन राशि रहको घोषणा श्रेष्ठले गर्नुभएको थियो ।

यस MUN २०२० एपलाई एन्ड्रोइडको गुगलप्ले स्टोर तथा एप्पलआइओ एस दुवैमा लन्च गरिएको छ । सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका रु.१००० तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रम मार्फ गरिएको थियो । उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदान गर्नु भएको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गकि विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker