आस्था र विश्वासको धरोहर

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङकोटस्थित भयेर थान मन्दिर । मनोकाङ्क्ष पुरा भएको भन्दै भक्तजनहरुले यस मन्दिरमा भाकल चढाउने तथा पूजाअर्चना गर्ने गर्छन । मिर्लुङकोट क्षेत्रका बासिन्दाले आफु तथा आफ्ना घरपरिवार, वस्तुभाऊलाई दुःखकष्ट पर्दा सम्झिएर भाकल गरी पूजाअर्चन गर्नुका साथै प्राकृतिक विपत्ति नहोस्, खेती लगाउने समयमा समयमै वर्षा होस भनि गाउँलेहरुले सामुहिक रुपमा पनि पूजाअर्चना गर्ने गर्दछन् । मन्दिरमा एकादशी, औंसी तिथि तथा साउन महिना बाहेक हरेक हप्ताको मंगलबारका दिन पूजाअर्चना गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ










