भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय निकायसँग सम्बन्धित : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय निकायसँग सम्बन्धित रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता भोला दाहालले स्थानीय तहसँग सम्बन्धित उजुरी ३५.९५ प्रतिशत रहेको जानकारी दिए ।

अख्तियारका अनुसार गत आर्थिक वर्षमा २० हजार ९०५ वटा उजुरी परेका छन् । त्यसबाहेक ७ हजार १६२ उजुरी जिम्मेवारी सरेर थपिएको थियो । आर्थिक वर्ष २०७९/८० मा परेका उजुरीमध्ये शिक्षासम्बन्धी १४.५५ प्रतिशत, भूमि प्रशासन ६.०९, बन तथा वातावरण ४.१४, स्वास्थ्य तथा जनसंख्या ३.१२, भौतिक पूर्वाधार तथा यातायात ४.१, गृह प्रशासन ३.५८ र बाँकी अन्यको रहेको अख्तियारले जनाएको छ ।

गत आर्थिक वर्षमा १८ हजार ७९९ उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिन भएको छ । १ हजार ३३३ उजुरीको विस्तृत अनुसन्धान भएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी सुझावसहित तामेली गरिएको र ९ हजार ४४५ उजुरी अन्य आवश्यक कारबाहीका लागि लेखी पठाएको अख्तियारले जनाएको छ ।

यस्तै ८७८ उजुरी विस्तृत अनुसन्धान भएर आयोगमा निर्णयका लागि पेश भएकामा १६२ अभियोगपत्र दर्ता भएको, ६५६ उजुरी तामेलीमा राखिएको, ६३ सम्बन्ध निकायलाई सुझाव दिइएको र २७ वटा मुल्तबीमा राख्ने निर्णय भएको थियो ।

अभियोगपत्र दर्ता गरिएकामध्ये ६४ वटा गैरकानूनी लाभ हानी, ३२ घुस रिसवत, २७ सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी र १३ वटा गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित छन् । गत आर्थिक वर्षमा विशेष अदालतले ३४१ मुद्दाको फैसला गरेकामा ११४ वटा मुद्दा आफूहरुले जितेको अख्तियारले जनाएको छ ।

अख्तियारले यो अवधिमा २३७ मुद्दामा सर्वोच्च अदालतमा फैसला पुनरावलोकनको निवेदन दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker