तनहुँ कारागारका कैदीबन्दीको मुढाले बजार पाएन

भञ्ज्याङ न्यूज

तनहुँ कारागारका कैदीबन्दीले बनाएका बाँसका मुढाले बजार पाउन सकेको छैन । विभिन्न अरोपमा करागार चलान भएका कैदीबन्दीले कारागारभित्रै सीपमुलक तालिम सिकेर मुढा उत्पादन गर्ने गरेका छन् ।

सजय भुक्तान गरेपछि समाजमा फर्किदा स्वालम्बि भएर जिउन मद्दत पुगोस भन्ने उद्देश्यले कारागार भित्रै मुढा, गलबन्दी, झोला बुन्ने लगायतका सीपमुलक तालिम दिइदै आइएको छ । तालिम पश्चात कैदीबन्दीहरुले विभिन्न सामाग्रीहरु उत्पादन गरी बिक्री बितरण गर्दै पनि आएका छन् ।

अघिल्ला वर्षहरुमा बुनेका सबै मुढाहरु बिक्री भएको बताउने कैदीबन्दीहरु यस वर्षभने सोचेजस्तो बिक्री नभएको चौकिदार अर्जुन तामाङले बताए । अन्य जिल्लाका कारागारबाट आएका कैदीबन्दीबाट मुडा बुन्न सिकेका ३१ वर्षीय तामाङले भने, ‘दिनभरीको समयलाई कैदीबन्दी दाजुभाईले मुढा बनाएर बिताउनु हुन्छ । यसले उनीहरुलाई आम्दानीसंग पनि जोडिरहेको छ । तर पछिल्लो समय उत्पादित मुढाले बजार नपाउदा चिन्तित बनाएको छ ।’

करागारका करिव २५ जना कैदीबन्दीले मुडा बनाउने गर्छन् । उनका अनुसार केही कैदीबन्दीहरु भर्खर मुढा बनाउन सिक्दै पनि छन् । उनले भने, ‘दिनमा ५० देखि ६० वटासम्म मुढा बनेर तयार हुन्छ तर बनेका मुडाले बजार नपाउदा भने आम्दानी टुटेको छ ।’

कैदीबन्दीले तीन प्रकारका मुढा बनाउँछन् । सानो मुढालाई ३५०, मझौला मुढालाई ४५० र ठुलो मुढालाई ५ सय रुपैयाँमा बिक्रीबितरण गर्छन् । यहाँका कैदीबन्दीले मुढा बेचेर सिजनमा १० हजार रुपैयाँको हाराहारीसम्म आम्दानी गर्ने गरेको तामाङले बताए। मुढा बेचेर कमाएको पैसा घर खर्चाको लागि पनि पठाउने गरेका छन् । तर पछिल्लो समय मुढा बिक्री नहुँदा ५ सय बढि मुढा स्टकमा रहेका छन् ।

व्यपारीहरुले कारागारमा उत्पादित मुढा खरिद गरी बिक्री बितरणका लागि लग्ने गरेपनि पछिल्लो समय मुढा खरिद गर्न व्यवपारीहरु नआएको कैदीबन्दीले बताए । अघिल्लो वर्ष८ हजार थान गोटा बिक्री गरेको स्मरण गर्दै उनले भने, ‘अहिले करिव ७ सय गोटा मुढा बिक्री भयो होला। यतिबेला मुढाको माग पनि छैन । नबनाउ भने पनि हामीलाई समय के गरी काटौं भन्ने हुन्छ । बनाउँदा बिक्री नभएकाले यहि खात लगाएर राख्नुपरेको छ ।’

मुढाका लागि आवश्यक बाँस र धागो स्थानीय बजार र टायर चितवनबाट ल्याउने गरिन्छ । मुढा बनाउँदा टायर बाँध्ने, बिट हान्ने, बुट्टा भर्ने काम भिन्दाभिन्दै व्यक्तिले गर्छन् । उत्पादित मुढा कैदीबन्दीले नै व्यवसायीसंग समन्वय गरेर कारागारबाटै बेच्दै आएका थिए । तर पछिल्लो समय भने मुढा नबिकेको जिल्ला कारागार दमौलीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै, कारागारभित्रै गलबन्दी बुन्ने र डाइनिङ टेवल बनाउने पनि गर्दछन् । अडर अनुसार काम गर्ने कैदीबन्दीले बताए । कैदीबन्दीमध्ये ५ जनाले करिव एक वर्षेखि गलबन्दी बुन्दै आएका छन्। माग भएअनुसार बजारमा पठाउने र केही गलबन्दी आफान्तलाई उपहार स्वारुप पठाउने पनि गरेका छन् ।

पुरानो भवनमा ३५ र नयाँ भवनमा ८० जना क्षमता रहेको कारागारमा २८२ जना पुरुष कैदीबन्दी बस्दै आएका छन्। कारागारको भान्सामा छत नहुँदा पानी परेको समयमा समस्य झेल्दै आएको उनीहरु बताउँछन् ।

यस्तै, गत फागुनदेखि जिल्लामा महिला कारागार पनि सञ्चालनमा ल्याइएको छ । २० जना क्षमताको कारागारमा १४ जना महिला कैदीबन्दि बस्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker