तनहुँँ–१ मा नेकपा उम्मेदवार ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती

तनहुँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलंक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ १ मा स्वर्णिम लगायत अन्य उम्मेदवारलाई ढकालले चुनौती दिएका छन् । भुगोललाई नजिकबाट चिनेका र बुझेका ढकालले जनताको लोकप्रिय उम्मेदवारको पहिचान स्थापित गरेका छन् ।
करिब तीन दशक शिक्षण पेशामा बिताएर ‘प्रधानाध्यापक’को सामाजिक छवि बनाएका ढकाल स्थानीय स्तरमा ‘विद्या सर’का नामले परिचित छन् । उमेरले ६० नाघे पनि युवा जोश र परिपक्व व्यवहार उनको विशेषता हो । ढकाल भानु नगरपालिका–४ चुँदीका स्थायी बासिन्दा हुन् ।
सहरमा आलिशान महल र विलासी जीवनको मोह त्यागेर आज पनि बुबाले बनाएको पुरानै ग्रामीण घरमा बस्ने उनको सादगीपनले मतदाताको मन जितिरहेको छ । मतदानासँग मत माग्ने क्रममा उनले भन्छन्, ‘म यहीँको माटो र जनतासँग भिजेको मान्छे हुँ । मलाई भोट माग्न गाउँ आउँदा अरूलाई जस्तो ‘म यति पटक गाउँ आएँ’ भनेर स्पष्टीकरण दिइरहनु पर्दैन ।’ ढकाल केवल राजनीतिकर्मी मात्र नभई तनहुँको विकासका खाका कोर्ने ‘स्वप्नद्रष्टा’ पनि हुन् । मादी–मस्र्याङ्दी मोटर मार्ग उनको अवधारणा हो । दमौली–कलेस्ती हुँदै बाइसजाँगर जोड्ने यो रणनीतिक सडकको अवधारणा ल्याउने मुख्य सुत्राधार ढकाल नै हुन् ।
पर्यटन र वातावरणमा उनले चासो दिन्छन् । छिम्केश्वरीमा राष्ट्रिय निकुञ्ज निर्माण, मिर्लुङकोटमा खुला चिडियाखाना र तनहुँसुरको ऐतिहासिकता जोगाउन उनले वर्षौँदेखि पैरवी गर्दै आएका छन् । जलाधार विकासमा उनले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । वृहत मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार समितिको संयोजक बनेर उनले यस क्षेत्रको पानी र प्राकृतिक स्रोतको सदुपयोगका लागि ठोस योगदान दिइसकेका छन् ।
परिवार र समाजका लागि उदाहरणीय व्यक्तित्वको पहिचान पनि उनीसँग छ । राजनीतिलाई व्यक्तिगत लाभको पद ठान्ने वर्तमान प्रवृत्ति विपरित ढकालले इमानको राजनीति गरिरहेका छन् । उनका छोरीहरू उच्च शिक्षा हासिल गरी नेपालमै विभिन्न क्षेत्रमा कार्यरत छन् । आफ्ना सन्तानलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै सेवा गर्न प्रेरित गर्ने उनको पारिवारिक पृष्ठभूमिले ‘स्वदेशमै रोजगारी’ को नारालाई सार्थक बनाएको देखिन्छ ।
मतदाताको आशाः निष्ठाको राजनीति
५० वर्ष लामो राजनीतिक यात्रामा पटक–पटक जेल र हिरासत भोग्दा पनि विचलित नभएका ढकाल हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् । स्थापित प्रगतिशील साहित्यकार (आमा लघुकथा संग्रहका लेखक) समेत रहेका उनले सुशासन र सभ्य समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
स्थानीय मतदाताहरू भन्छन्, ‘ठुला दलका हेभिवेट नेताहरूले आश्वासन मात्र दिए, तर हाम्रा दुःखसुखमा साथ दिने र यहाँको भूगोल बुझ्ने त विद्या सर नै हुन् ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker