ड्रागन फ्रुट बिक्रीका लागि तयारी गरिदै

तनहुँको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अंम्बे अलौकिक कृषि फर्ममा उत्पादित ड्रागन फ्रुट (सिउँडीफल) पाकेपछी बिक्रीवितरणका लागि दमौली ल्याइदै । २०८१ सालको दोस्रो छिमल आज आइतबारदेखि विक्री सुरु गरेकी फर्मकी सञ्चालक कल्पना गौलीले करिब एक हजार बढी दाना उत्पादन भएको बताएकी छन् । उनले ‘माँ अम्बे’को स्टिकर टाँसेर आफुले उत्पादन गरेको सिउँडीफल (ड्रागन फ्रुट) बिक्री वितरण गरेकी छन् ।
तस्विर : भञ्ज्याङ










