व्यासले भूमि बैंक स्थापना र उद्यमशीलता तालिम सञ्चालन गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्ने भएको छ । तनहुँ हाइड्रोपावर परियोजनाअन्तर्गत विद्युत प्रसारण लाइन प्रभावित वडा नं. १, १२, १३ र १४ का स्थानीयका लागि नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्न लागेको हो ।

बैठकले ऊर्जा विकास उपसमिति गठन तथा सञ्चालन कार्यविधि–२०८२ पारित गर्दै वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खेलको संयोजकत्वमा पाँच सदस्यीय उप–समिति गठन गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले व्यास–५ भागर क्षेत्रका ढुंगा, गिटी, बालुवा उत्खननसम्बन्धी वातावरणीय अध्ययन प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय गरेको छ ।

पहिलो सार्वजनिक सुनुवाइको पनि मूल्याङ्कन गर्दै सुनुवाइ व्यवस्थापनमा अझ सुधार गर्ने, नागरिकले राखेका सुझाव कार्यान्वयनमा प्रतिवद्धता जनाउने निर्णय गरेको कार्यपालिका बैठकले हालै संशोधित भूमि सम्बन्धी नियमावली–२०८२ अनुसार व्यास नगरपालिकामा ‘भूमि बैंक’ स्थापना गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा पूँजीगततर्फ ६ प्रतिशत खर्च गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म पूँजीगततर्फ ६.४२ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । चालुतर्फ २७.६८ प्रतिशत खर्च भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए । नगरपालिकाको कुल आय २२ प्रतिशत, भौतिक प्रगति २८.६२% भएको जनाइएको छ ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

कार्यपालिका बैठकले मंसिर १६ देखि २४ गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नगरभर सञ्चालन गर्ने निर्णय गरिएको छ । अभियान उद्घाटन मंसिर ९ गते बिहान ११ बजे र समापन २४ गते दमौलीमा गरिने भएको छ ।

उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा नगर कार्यपालिका तथा नगर सभाका सबै महिला सदस्य रहने गरी समिति गठन गरिएको छ भने, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पनि उपप्रमुख दरैकै संयोजकत्वमा मनाउने निर्णय गरिएको छ ।

छ वटा ठेक्का स्वीकृत

नगरपालिकाबाट इ–बोलपत्रमार्फत आव्हान गरिएका छ वटा निर्माण–सम्बन्धी ठेक्का स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । नेपाल सरकारले जारी गरेको ‘राष्ट्रिय परिचयपत्र तथा दर्ता (दोस्रो संशोधन) नियमावली’ बारे बैठकले जानकारी लिँदै सबै वडा समितिलाई संशोधित नियमावली अनुसार कार्य गर्न निर्देशन दिएको छ ।

यस्तै, नगरपालिकाको ४४औं नगरसभा मंसिर २५ गते शुक्रबार बिहान ११ बजे दमौलीमा आयोजना गर्ने निर्णय गरेको बैठकले जिल्लास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड मंसिर १८ र १९ गते भिमादमा हुने भएकाले नगरका विद्यालयहरूको आन्तरिक परीक्षा मंसिर २१ गतेदेखि सुरु गर्ने गरी शिक्षा शाखालाई आवश्यक तयारी गर्न नगर कार्यपालिकाले निर्देशन दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker