लघुकथा : चुनाव
सुरेशकुमार पाण्डे

” नमस्ते छ नेताजी र भाउजुलाई पनि “- ठालू कनैयाँको आगनमै पुगेर हात जोड्यो। त्यहाँ आगनमा कनैयाँ दम्पती बसेकाथिए।
” नमस्ते बस ! आज पश्चिमबाट घाम कसरी उदायो लक्ष्मी हेर त ? “-कनैयाँले खाली कुर्सिमा ठालूलाई बसन इसारा गर्दै भन्यौँ।
” धेरै दिन भयो नेताजीको दर्शन नगरेको त्यत्तीकै हालचाल सञ्चो बिसञ्चो बुझ्नलाई आएको ।”- ठालूले मुस्कुराउँदै भन्यो।
” त्यसो भन्दापनि बुढा मर्यो की जिउदै छ भनि पत्तागर्न आएको पनि हुनसक्छ।”- कनैयाँ व्यङ्ग्यात्म सैलीमा भन्यो र खिसिक्क हास्यो। उसको ठट्टा गर्ने बानी थियो।
” नेताजी हजुरको ठट्टागर्ने बानी अँझै गएको छैन। भला हामि आफ्ना गुरूको बारेमा यस्तो नराम्रो त किन सोंच्थ्योँ । हजुर बिना त हामि जिउँनै सक्दैनौँ !”- ठालू कनैयाँको विचारबाट निरास हुँदै भन्यो।
” बाबु हजुरहरू गफ गर्नु म चियाको बन्दोबस्त गर्छु बिहानै चिया गफ गरौँला “- लक्ष्मी भित्र तिर लागि। उनिहरू चुपचाप अखबार पढिरे बसे ।
एकछिन पछि चिया लिएर लक्ष्मी आई तीनैजना चियामा जुटे।
” होइन ठट्टैठट्टामा सोध्न भुँले केही काम थियो की भाई ?” कनैयाँले चिया सकेर कपराख्दै भन्यो। ” केही काम थिएन मात्र दर्शन भेटका लागि आएको थिएँ।हस् अब म लाग्छु।”-उसले विदा लिएर हिंड्यो।दुबैजना उसलाई अलिपर जाँदासम्म चुपचाप हेरिरहे।
“हजुरपनि नी यति गतिलो निमेक्कै दर्शन गर्न आएकोलाई पनि सङ्का गर्नुहुन्छ !”- लक्ष्मीले भनि।
” तिमि सोजी छौं सबैलाई आफू जस्तै ठान्छौ । अब चुनाव नजिकिदैं छ भन्ने थाहा छैन ? त्यसैले यो पनि विस्तारै नजिकिंदै छ।बुझ्यौ ? “- कनैयाँले ऊ गएको बाटो तिर नियाल्दै भन्यो।
लक्ष्मी भने कनैयाँको अनुहारमा चुपचाप केही पढ्दै थिई ।
दाङ, घोराही-१८










