लघुकथा : चुनाव

सुरेशकुमार पाण्डे

” नमस्ते छ नेताजी र भाउजुलाई पनि “- ठालू कनैयाँको आगनमै पुगेर हात जोड्यो। त्यहाँ आगनमा कनैयाँ दम्पती बसेकाथिए।

” नमस्ते बस ! आज पश्चिमबाट घाम कसरी उदायो लक्ष्मी हेर त ? “-कनैयाँले खाली कुर्सिमा ठालूलाई बसन इसारा गर्दै भन्यौँ।
” धेरै दिन भयो नेताजीको दर्शन नगरेको त्यत्तीकै हालचाल सञ्चो बिसञ्चो बुझ्नलाई आएको ।”- ठालूले मुस्कुराउँदै भन्यो।

” त्यसो भन्दापनि बुढा मर्यो की जिउदै छ भनि पत्तागर्न आएको पनि हुनसक्छ।”- कनैयाँ व्यङ्ग्यात्म सैलीमा भन्यो र खिसिक्क हास्यो। उसको ठट्टा गर्ने बानी थियो।

” नेताजी हजुरको ठट्टागर्ने बानी अँझै गएको छैन। भला हामि आफ्ना गुरूको बारेमा यस्तो नराम्रो त किन सोंच्थ्योँ । हजुर बिना त हामि जिउँनै सक्दैनौँ !”- ठालू कनैयाँको विचारबाट निरास हुँदै भन्यो।

” बाबु हजुरहरू गफ गर्नु म चियाको बन्दोबस्त गर्छु बिहानै चिया गफ गरौँला “- लक्ष्मी भित्र तिर लागि। उनिहरू चुपचाप अखबार पढिरे बसे ।
एकछिन पछि चिया लिएर लक्ष्मी आई तीनैजना चियामा जुटे।
” होइन ठट्टैठट्टामा सोध्न भुँले केही काम थियो की भाई ?” कनैयाँले चिया सकेर कपराख्दै भन्यो। ” केही काम थिएन मात्र दर्शन भेटका लागि आएको थिएँ।हस् अब म लाग्छु।”-उसले विदा लिएर हिंड्यो।दुबैजना उसलाई अलिपर जाँदासम्म चुपचाप हेरिरहे।
“हजुरपनि नी यति गतिलो निमेक्कै दर्शन गर्न आएकोलाई पनि सङ्का गर्नुहुन्छ !”- लक्ष्मीले भनि।

” तिमि सोजी छौं सबैलाई आफू जस्तै ठान्छौ । अब चुनाव नजिकिदैं छ भन्ने थाहा छैन ? त्यसैले यो पनि विस्तारै नजिकिंदै छ।बुझ्यौ ? “- कनैयाँले ऊ गएको बाटो तिर नियाल्दै भन्यो।
लक्ष्मी भने कनैयाँको अनुहारमा चुपचाप केही पढ्दै थिई ।

दाङ, घोराही-१८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker