तनहुँ सेवा समाजले युएइमा २०९औं भानु जयन्ती मनायो
भञ्ज्याङ न्यूज

तनहुँ सेवा समाज युएइले युएइमा २०९औं भानु जयन्ती मनाएको छ । ‘हाम्रो तनहुँ, हाम्रो सान सेवा र सहकार्यको लागि अभियान’ भन्ने मूल नाराका साथ स्थापित समाजले भानु जयन्तीका अवसरमा गत आइतबार विविध कार्यक्रम गरी भानुले नेपाली भाषा र साहित्यमा पुर्याएको योग्दानको चर्चा गरी मनाएको हो ।
समाजका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा तनहुँ सेवा समाज युएइका संरक्षक दिपक खड्का, एनआरएनए युएइका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएनए युएइका उपाध्यक्ष बिकाश शाही, नेपाली समाज युएइका उपाध्यक्ष कमल गिरी लगायतले भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा र भानुभक्तले नेपाली भाषामा पुर्याएको योग्दानको चर्चागरेका थिए ।
लमजुङ सेवा समाज युएइका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठ, गुल्मी सेवा समाज युएइका अध्यक्ष रुद्र थापा, इनास युएइका अध्यक्ष यमडी बोहोरा, जनसम्पर्क समिति युएइका संरक्षक खेमराज बस्नेत, लमजुङ सेवा समाज युएइका उपाध्यक्ष रामबाबु न्यौपाने, जनजाती महासंघ युएइका सचिब एबं नेवाः पुचाका महासचिब कुमार बलामी, आईयमई कन्ट्री हेड उत्तम बस्नेत, गोपीकृष्ण पंगेनी, कुल लेप्चा, संस्थाका सल्लाहकार हिरालाल श्रेष्ठ, भवानी नेपाल, टक गुरुङ लगायतको कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा युएइलाइ आफ्नो कर्मथलो बनाइ साहित्य क्षेत्रमा योगदान दिनु भएका टक गुरुङ, सोनी भण्डारी, बिष्णु प्याकुरेल, सुरज राना मगर, डिएल घिमिरे, गणेश बस्नेत, भवानी नेपाल, हरिहर कँडेल, नकुल पौडेल, अटल उपेन्द्र, शिव लामिछाने, रमण सुबेदी, कमल गिरी, रुद्र थापा लगायतले भानुभक्त सम्बन्धी रचना वाचन गरेका थिए ।
यस्तै, युएइमा ‘गोर्खा साझ’ साँस्कृतिक कार्यक्रम सञ्चालनका लागि नेपालबाट आएकी तनहुँकी चेली प्रिती आले लगायतका कलाकारलाई कार्यक्रमका अवसरमा सम्मान गरिएको तनहुँ सेवा समाज युएइका प्रवक्ता गणेश बस्नेतले बताए ।