लघुकथा : घिड्कीसो

सुरेशकुमार पाण्डे

” चिन्ता नगर सुमी ! तिमिलाई केही हुँदैन।”- भुषणले आफ्नो श्रीमिलाई ढांड्स् दिंदै भन्छन्।

” मलाई के चिन्ता छ हजुर पासमै हुनुहुन्छ।बस छोरा छोरीको मुख देख्नपाए सजिलरी प्राण जानेथियो।” सुमिले विस्तारै रोकीएर आफ्नो श्रीमान तिर नजर घुमाउँदै भन्छिन्।दश दीन भयो अस्पत्तालको बैठमा तर रोगले झनै चाँपेको थियो। परणा कतिवेला जान्छ भन्नेमात्र थियो।
एउटा छोरालाई जापान पठाउँदा घर बैंकमा धितो राख्नुपरेको थियो।एउटा पहिल्यैई अस्ट्रेलिया पुगेको दुई वर्ष भयो।छोरी जुँवाई सँग अमेरिकामै छिन्।

सबैलाई आमा बिमार भएको थाहा नभएको होइन। पटक-पटक भुषणले उनिहरूलाई फोनमा भिडियोमा देखाउँछन्।
एकातिर ऋण लिएको ब्याज र किस्त समेत तिर्न रोकिएको चिन्ता। आर्को तिर बुढी बिमार छिन् र छोराछोरीहरूको मुख देख्ने जिद्द गर्छिन्।त्यसबारेमा पनि भुषणालाई चिन्ता लाग्छ।

“छोराहरूलाई विदेश नपठाएको भए त बुढी अलिदिन बाँच्थिहोली “- भुषणले मनमनै भने।
” छोरी तिम्रो आमा सिरियस छिन फोनमै भएपनि एकछि कुरा गरन न ! “- भुषणले भिडियो काल गरेर छोरीलाई भने।” हस् दिनुहोस् ! ” छोरीले कुरा गर्नलाई पनि मलिन हुँदैभनी।साहेद् ऊ विजी थिई होली ।

” हेलो भन्नुस् ” -छोरीको आवाज सुनेपछि सुमिको आवाज निसकिएन्। हलो आमा !.. उताबाट फोन काटीयो।
भुषणले जापान फोन मिलाए।

” हजुर भन्नु सञ्चै हुनुहुन्छ ? ” भुषणा छोराको आवाज सुनेर भावुक भए उन्को आँखाबाट आँसु बग्यो।
” छोरा तिम्रो आँमा सिरियस छन् ; कुरा गर ।”- भुषणले बल्लबल्ल भनेर फोन सुमितिर देखाए।
” बाबा आमा बोल्नु भयन! अब के गर्न सक्छु मैले ? भख्खर काममा आएको छु।केही समयमा सकेछु भने पैसा पठाइदिने छु राम्ररी उपचार गराउनुहोला।दादालाई अमेरिकामा पनि खबर दिनोस्।” अमितले भुषणलाई सम्झाउँदै भन्यो।
भुषणले केही बोलेनन्। उन्ले अमेरीका फोन लगाए।

” हेलो बाबा ” ठुलो छोरा राजेश भिडियोमा प्रकट भयो।
भुषण केही बोलेनन् सुमितिर फोन देखाए उन्ले छोरालाई पिर्लुक्क हिरिन र हेर्याहेरै भईन। ” हेलो ! हेलो।”-
फोन उतैबाट बन्द भयो।
” माफ गर्नुहोला अब अन्तिम तैयारी गर्नुहोस! “-डाक्टरले भुषणको प्यूठ्यूँमा हातराख्दै भने।
दाङ घोराही-१८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker