भण्डारीको “ढुङ्गा मान्छेहरु” कविता संग्रह लोकार्पण

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं साहित्यकार एकनारायण भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता संग्रह लोकार्पण गरिएको छ। शुक्ला साहित्य संगम तनहुँले सोमबार २०४औं नियमित साहित्य श्रृंखलासंगै भण्डारीको कविता संग्रहको पनि लोकार्पण गरेको हो ।

कविता संग्रहको लोकार्पण गर्दै पूर्व मन्त्री आशा कोइरालाले साहित्य समाजको ऐना रहेको बताइन । उनले साहित्य मार्फत समाजका यथार्थलाई प्रस्तुत गर्दै सुधारको लागि मार्ग निर्देशन गर्नुपर्ने चर्चा गर्दै भनिन्, ‘साहित्य समाजको ऐना हो । साहित्यले यथास्थिति मात्रै बताउनु नभई निकास पनि देखाउन जरुरी छ ।’ उनले यर्थाथलाई अङ्गालेर प्रगतिशील साहित्य लेख्नुपर्ने कुरालाई जोड दिएकी थिइन् । भण्डारीको कविता संग्रहमा पनि समाजको यथास्थितिलाई दर्शाउदै सुधारको लागि मार्ग निर्देश गरेको बताइन् ।

कविता संग्रहका समीक्षक डा. भूमिराज बस्ताकोटीले समसामयिक राजनीतिप्रति व्याङ्ग्य गर्दै विभिन्न वादहरुले समाजको परिर्वतन गर्न नसकेको बिषय कवितामा उल्लेख भएको बताए। कतिपय कविताहरुमा चेतन प्रवाह शैली प्रयोग भएको हुँदा कविता उत्कृष्ट बनेको उनको भनाइ छ । संग्रहमा बा, न्याय मर्छ, मेरा बा र म, मान्छे जस्ता कविताहरु सर्वाेत्कृष्ट रहेको बताए। कविले कवितामा आक्रोश बढी पोख्नुका साथै वर्तमान राजनीति र देशप्रति आशा भन्दा निराशा धेरै व्यक्त गरेको समीक्षक बस्ताकोटीले बताए ।

कविता संग्रहका स्रष्टा भण्डारीले सामाजिक सञ्जालमा आफ्ना रचनाहरु प्रस्तुत गर्दै जाँदा आम पाठकले मन पराउदै जान थालेपछि विस्तारै पुस्तक रचना गर्न सुरु गरेको बताए । वादभन्दा माथि उठेर, जात भन्दा माथि उठेर समाजका यथार्थ पक्षहलाई कवितामा प्रस्तुत गरेको भण्डारी बताउँछन् ।

शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाई, शुक्ला साहित्य संगम तनहुँका संरक्षक शेषमणि आचार्य, पूर्व अध्यक्ष राजन रिमाल, आनन्दसुन्दर श्रेष्ठ, जनार्दश दहाल लगायतको उपस्थिती रहेको थियो ।

भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता संग्रहमा ५४ वटा कविताहरु रहेका छन् । उक्त कविता संग्रहरुको सम्पादन शुक्ला साहित्य संगम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यले गरेकी हुन् । संग्रहको आवरण सुनिता देवकोटा, लेआउट किरण विकले गरेका हुन्। भण्डारीको पहिलो कृति ‘निरुत्तर’ उपन्यास प्रकाशन भइसकेको छ भने दोस्रो कृतिका रुपमा ‘ढुङ्गा मान्छेहरु’ प्रकाशन गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker