२४ घण्टामा २७१ संक्रमित थपिए, १ जनाको मृत्यु

रासस /काठमाडौं

देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस संक्रमिण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २७ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९६ हजार १५१ पुगेको छ । पछिल्लो समय थप २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । पछिल्लो समय पाँच लाख ६८ हजार ३१९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९३१ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker