अलपत्र अवस्थामा निर्माणाधिन अस्पताल भवन

तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको भवन बजेट अभावका कारण अलपत्र अवस्थामा । नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको बताइएको छ । ११ करोड ५२ लाख ९ हजार ९६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो ।
भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुनः २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको भएपनि हालसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ










