प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली’

काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप-हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् । यसअघि नै अनलाइनखबरले बालेनले ३ वटा गीत ल्याउन लागेको बारे समाचार लेखेको थियो ।

तीनमध्ये विहिबार आएको यो पहिलो गीत हो । बाँकी दुईलाई चाँडै सार्वजनिक गर्न लागिएको बालेन निकट स्रोतले बताएको छ । आज आएको यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो ।

त्यही गीतलाई रि-मास्टर गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । भिडियोमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन् । गीतमा चाहिँ राष्ट्रिय एकता र देशप्रेम समेटिएको छ ।

बालेनका थप दुई गीत आउँदैछन् जसमा सन् २०२१ मा स्पोटीफाईमा आइसकेको त्रिशला गुरुङसँगको गीत ‘माया छ’ र ४ वर्षअघि युट्युबमा अडियो भर्सनमा आइसकेको रचना दाहालसँगको गीत ‘सबैलाई हतार छ’ गीत छन् ।

बालेन निकट स्रोतका अनुसार, सरकार संचालनसँगै बालेनले सांगीतिक कर्मलाई एकसाथ अघि बढाउन चाहेका छन् । काठमाडौंका पूर्वमेयर रहेका ३६ वर्षिय बालेन कान्छा प्रधानमन्त्री बन्ने तयारीमा छन् । राजनीतिसँगै अहिले पनि उनी हिप-हप क्षेत्रमा सक्रिय छन् । उनका ‘बलिदान’ र ‘साभेज’ जस्ता गीतले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएका छन् ।

विश्वका प्रमुख महानगरहरूको संगठन वल्र्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिसेससँगको एक अन्तर्वार्तामा बालेनले संगीतलाई युवापुस्तालाई देशका गम्भीर मुद्दामा सचेत र संलग्न गराउने माध्यमका रूपमा प्रयोग गरेको बताएका थिए ।

युट्युबमा गीत हेर्नका लागि तलको लिंक खोल्नुहोला ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker