संस्कृति संरक्षण अभियान्त गुरुङ सम्मानित

- भञ्ज्याङ समाचारदाता (भिमाद)
गुरुङ समुदायको परम्परागत संस्कृति संरक्षण अभियानमा लागि परेका रेशम गुरुङ सम्मानित भएका छन् । तमू ल्होसार २०७७ का अवसरमा भिमाद नगरपालिकाको तमू (गुरुङ) समाज, ऋषिङ पाटन तनहुँले सम्मान गरेको हो ।
गुरुङलाई समाजसेवी गंज सिंह गुरूङले गुरुङ चलचित्र र लोक गीत संगित मार्फत कला क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
सम्मानित गुरुङले समाजले गरेको यो सम्मानले कला क्षेत्रमा अझै केही गर्न हौसला बढेको र लोपको संघारमा पुगेका हाम्रा परम्परागत कला संस्कृति संरक्षण र प्रवर्द्धनमा थप बल पुग्ने उनले बताएका छन् ।