आत्महत्याको विषयमा बन्यो छोटो फिल्म ‘सोल्यूशन’
भञ्ज्याङ समाचारदाता (पोखरा)
छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटर्फम ‘मार्फ सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैंले अभिनय समेत गरेका छन् ।
करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फ भन्नखोजेका हुँ । अहिले सामान्य कुरामापनि युवापुस्ताले आफ्नो ज्यानैसम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फ मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदा हजारपटक सोच बिचार गर्नुपर्छ भन्ने सन्देश दिनखोजेको हुँ ।’ अभिनेता तथा निर्देशक नेपालीले बताए ।
प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिनथालेको छ । क्षणिक आवेशमा आएर सानै उमेरमा आत्महत्या गर्दा उनीहरुको परिवारमा ठुलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन् । आत्महत्या दर दिनहुँ बढ्दो छ। ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने- ‘मैले भन्नखोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन्।’
चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटर्फममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।