थानीमाईलाई फूलको डोली

तनहुँको भानु नगरपालिका-७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा माघ महिनाको पहिलो मंगलबार फूलको डोली सहित पुजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरु । मंगलबार तनहुँ, लमजुङ, गोरखा, कास्की लगायतका स्थानबाट ४३ वटा फूलको डोली सहित ३ हजार बढी भक्तजनले मन्दिरमा पुजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस्तै, मन्दिरमा सोमबार राती १२१ जना जाग्राम बसि बत्ती बालेका थिए ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










