तनहुँका १० वटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

तनहुँ : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत तनहुँका १० वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट चार नगरपालिका र छ गाउँपालिकामा सभापतिसहित नयाँ नेतृत्व निर्वाचित गरिएको हो ।

अधिवेशनबाट व्यास नगरपालिकामा तुल्सीराम सापकोटा, शुक्लागण्डकीमा कृष्णप्रसाद रेग्मी, भानुमा राजन श्रेष्ठ र भिमाद नगरपालिकामा अर्विन श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै, ऋषिङ गाउँपालिकामा याम सारु मगर, घिरिङमा सुमन थापा मगर, म्याग्देमा नरसिं राना, बन्दीपुरमा परशुराम अधिकारी, देवघाटमा अर्जुन अधिकारी र आँबुखैरेनीमा सोम दर्लामी सभापतिमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार म्याग्दे र देवघाट गाउँपालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो भने बाँकी आठ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ ।

अधिकांश पालिकामा सहमति र सहकार्यको वातावरण बनेकाले सर्वसम्मत नेतृत्व चयन गर्न सफलता मिलेको सचिव खनालले बताए । उनका अनुसार पालिका अधिवेशनले जिल्लामा पार्टीभित्र एकता, उत्साह र ऊर्जा थपेको छ । पालिका अधिवेशन सम्पन्न भएसँगै अब नेपाली कांग्रेस तनहुँले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker