शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै, शरीरका भित्रि अंगहरुमा हुने संक्रमणबाट समेत बचाउँछ । त्यति मात्र होइन रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

विशेषज्ञका अनुसार प्राकृतिक एन्टीबायोटिक्सको प्रयोगबाट चिसो, ज्वरो, हाडजोर्नी दुख्ने समस्या, निमोनिया र अन्य संक्रमणबाट बच्न सकिन्छ ।

लसुन
लसुनमा भएको एन्टीब्याक्टेरिया गुणले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ । जैतुनको तेलमा भिजाएको लसुन मिसाएर खानामा खाँदा निकै फाइदाजनक हुन्छ । एक दिन दुई दाना लसुन खानु फाइदाजनक हुन्छ ।

मह
मह घरेलु उपचारको लागि एकदमै महत्वपूर्ण खानेकुरा हो । यसमा प्राकृतिक एन्टीबायोटिक्स हुने भएकाले यसलाई चिनीको विकल्पको रुपमा प्रयोग गरेर चियामा समेत खाने गर्दा निकै फाइदा पुर्याउँछ । भने शरीरलाई विभिन्न संक्रमण हुनबाट सुरक्षा दिन्छ ।

बेसार
बेसारमा आश्चर्यलाग्दा फाइदाहरु हुन्छन् । यसमा पाइने करक्युमिनले प्राकृतिक एन्टीबायोटिक्सको काम गर्छ । करक्युमिनमा शक्तिशाली एन्टी अक्सिडेन्ट र सुन्निन कम गराउने विशेषता हुन्छ । यसले शरीरमा फ्रि रेडिकल्सका कारण हुने नोक्सानबाट बचाउँछ । बेसारले दिमागका नसाहरुलाई पनि र जोर्नीको दुखाई पनि कम गर्छ । यसको नियमित सेवन गर्नुस् ।

अदुवा
यसमा विभिन्न प्राकृतिक गुणहरु हुन्छ । यसमा पाइने तत्वले शरीरमा भित्री अंगहरु सुन्निन दिँदैन । वाकवाक लाग्ने, टाउको दुख्ने र एसिडिटीको समस्यामा अदुवाको प्रयोग फाइदाजनक हुन्छ । यसले खुट्टाहरु दुख्न पनि कम गर्छ । अदुवा, मह मिसाएर चिया बनाएर खाने गर्दा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बचाउँछ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker