हिंसा विरुद्धको अभियान सधै चलाउनुपर्छ : शान्तिरमण वाग्ले

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिमरण वाग्लेले लैङ्गकि हिंसा विरुद्धको अभियान ३६५ दिन नै संचालन गरिनु पर्ने बताएका छन् । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको सर्न्दर्भमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, गैरसरकारी संस्था महासंघ तनहुँ तथा महिला सशक्तिकरण सञ्चार समाज तनहुँले मंगलबार दमौलीमा संयुक्त रुपमा आयोजना गरेको जिल्ला स्तरमा लैङ्गकि हिंसाको अवस्था तथा न्यायीक समितिको चुनौती विषयक अन्तरसंवाद कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

पछाडी पारिएका वर्ग र समुदायलाई राज्यको मुलधारमा ल्याई उनीहरुमा जागरण ल्याउन सकेमा मात्र पनि हिंसा न्युनिकरण हुने प्रमुख वाग्लेले बताए । हिंसा न्युनिकरण हुन सकेमा त्यसले न्यायीक समितिलाई समेत कार्य सम्पादन गर्न सहज हुने बताए । परम्परादेखि नै चलिआएको लैङ्गकि विभेदले हालसम्म पनि निरन्तरता पाएकै कारण अहिले पनि समाजमा लैङ्गकि विभेद हुने गरेको भन्दै वाग्लेले अव त्यस्तो परम्परा त्याग्नु पर्ने बताए ।

गैरसकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस उपप्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेल लगायतले लैङ्गकि हिंसाको अन्त्य गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने चर्चा गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, भानु नगरपालिकाकी उपप्रमुख आशा थापा, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ, देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल, म्याग्दे गाउँपालिकाकी न्यायीक समिति सदस्य चिनीमाया थापाले न्याय सम्पादनको क्रममा भोग्नु परेको चुनौती र अनुभवका विषयमा चर्चा गरेका थिए । सो कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा पोख्रेल र नेपाल वार एसोसियसनका अध्यक्ष अमृतबहादुर नेपालीले न्यायीक समितिको काम, कतर्व्य र अधिकार क्षेत्रको बारेमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker