नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाको साधारणसभा सम्पन्न

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले रेडक्रसको सिद्धान्त बमोजिम दुःखमा सहयोग गर्ने र आपत परेको बेला रेडक्रस सम्भिmने भएकाले सिद्धान्त बमोजिमको कार्यमा ध्यान दिनुपर्ने बताएका छन् ।

दुम्सीकोट उपशाखाले चलाएको सामुदायिक एम्बुलेन्स सेवा पनि छिट्टै सञ्चालनमा आउने अपेक्षा गर्दै प्रमुख वाग्लेले यस अभियानलाई सफल बनाउने पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गरेका छन् ।

कार्यक्रममा व्यास-१० का वडा अध्यक्ष सापकोटाले यस क्षेत्रमा चालिएका हरेक कदमहरु सफलतापूर्वक सम्पन्न हुने गरेकाले यस संस्थाले सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स अभियान पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष कृष्णहरी वाग्लेले तनहुँमा रेडक्रसको सिद्धान्त बमोजिम दुम्सीकोट र कोटदरबार उपशाखा अग्रपंतिमा रहेको बताए । दुम्सीकोट उपशाखाले सञ्चालन गरेको सामूदायिक एम्बुलेन्स अभियानमा हालसम्म करिब २० लाख रुपैयाँ प्रतिवद्धता रहेको र एम्बुलेन्स खरिद प्रक्रिया केन्द्रमा सिफारिस भइसकेकाले आगामि तीन महिनाभित्रमा एम्बुलेन्स सञ्चालनमा आउने अर्थसंकलन समितिका संयोजक इश्वर पौडेलले जानकारी गराएका छन् ।

उपशाखाका सभापति रामदत्त पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा रेडकस केन्द्रीय सदस्य प्रदिप घिमिरे, जिल्ला सदस्य सूर्यचन्द्र हड्खले, दुग्ध उत्पादक सहकारी संघ तनहुँका जिल्ला अध्यक्ष यज्ञप्रसाद शर्मा, सचिव यामप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker