दमौलीमा दशौं संस्करणको जेसीआई व्यास नगर साइनिङस्टार गरिने

जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको दशौँ संस्करण गर्ने भएको छ । संस्थाको दोस्रो साधारण सभाले व्यास नगर साइनिङ्ग स्टारको दशौं संस्करण गर्ने निर्णय गरेको हो ।

व्यास नगर क्षेत्रका १० देखि १४ वर्ष उमेर समुहकाका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटर्फमको रुपमा पहिचान स्थापित गरेको कार्यक्रम व्यास नगर साइनिङ्ग स्टार यो बर्षपनि गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष नबिन पुरीले जानकारी दिए ।

अडिसनबाट छनोट भएका बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरी अन्तिम प्रतिस्पर्धा -फिनाले) गरिने भएको छ । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा हुनेछन् ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन तथा तालिमका माध्यमबाट बालबालिकाको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

साधारण सभाले १७ जना नयाँ सदस्यका लागि आएको आवेदनलाई अनुमोदन समेत गरेको छ । साथै सभाले कार्यकारिणी उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ । संस्थाका अध्यक्ष नबिन पुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाले भवन निर्माण तथा मर्मत लगायत विविध विषयमा छलफल समेत गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker